कञ्चनपुर : आगामी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको चुनाबमा नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नं.- ३ बाट प्रतिनिधि सभा समानुपातिक तर्फ तुल बहादुर थापामगरलाई सर्व सम्मत सिफारिस गरेको छ ।

जनताको पक्षमा आवाज उठाउदै आएका थापा मगर समाजसेवा कार्यमा सक्रिय रहँदै आउनुभएको छ। थापा मगरले वाइसिएल नेपाल केन्द्रीय लेखाआयाेग सदस्य, वाइसिएल जिल्ला सदस्य तथा वाइसिएल भीमदत्त नगर ईन्चार्ज समेतको जिम्मेवारी प्राप्त गरेका छन । यस क्षेत्रको बिकास र बेरोजगार युवाहरुका लागि उत्पादनमुखी कार्यक्रम तय गर्न मेरो उम्मेदवारी रहेको थापा मगरले बताए। युवाहरु माझ लोकप्रिय रहेका नेता तुल बहादुर थापामगरलाई जनजाति तर्फ बाट पार्टीको बिहिबार बसेको बैठकले सर्वसम्मत समानुपातिक उम्मेदवारमा नाम सिफारिस गरेको हो।







