विप्लव कञ्चनपुरको पाँचौँ जिल्ला अधिवेशन शुरु


कञ्चनपुर: नेकपा विप्लव कञ्चनपुरको पाचौँ जिल्ला अधिवेशन शुरु भएको छ । बुधबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरको जिल्ला सम्मेलन शुरु भएको हो । जिल्ला अधिवेशनको नेकपाका केन्द्रीय सदस्य बन्दु चन्दले उद्घाटन गर्दै दलाल ससदीय व्यवस्था अन्त्य नहुँदासम्म नेपाली जनताले मुक्ति नपाउने घोषणा गरिन । केन्द्रीय सदस्य चन्दले मुलुकमा संसदीय व्यवस्थाले निकास भन्दा झन संकटतर्फ डो¥याईरहेको बताउँदै निकासका लागि कम्युनिष्ट, लोकतान्त्रिक शक्ति एकजुट भएर वैज्ञानिक समाजवाद निर्माणमा जुट्न आब्हान गरेकी छिन ।

केन्द्रीय सदस्य चन्दले सरकारले पार्टीसंग गरेका तीन बुँदे सहमती बिरुद्धमा पार्टीका महासचिव विप्लव सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गर्नु सहमती उलङघन भएको बताईन । नेकपा नेतृ चन्दले पार्टीको ९औँ महाधिवेशनबाट नयाँ विचार ल्याईने बताईन । नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा कञ्चनपुरका युवा नेता राजेन्द्र विष्ट(परिर्वतन)ले संचालन गरेका थिए । कार्यक्रममा नेकपा विप्लव कञ्चनपुर जिल्लाभरीका नेता कार्यकर्ताको सहभागिता रहेको छ ।


ताजा समाचार

spot_img