कैलाली : भदौँ नेपाल ईट्टा उद्योग महासघको बार्षिक साधाण सभा शुरु भएको छ । सोमबारदेखि कैलालीको धनगढीमा ईट्टा उद्योग महासंघ केन्द्रीय कार्य समितिको १४औँ बार्षिक साधारण सभा शुरु भएको हो । ईट्टा उद्योग महासंघ केन्द्रीय कार्य समितिको दोस्रो पटक सुदूरपश्चिम कैलाली धनगढीमा ‘वातावरण मैत्री गुणस्तरिय ईटा विकासको आधार, नेपाली माटो नेपालमै रोजगार’ भन्ने मुल नाराका साथ बार्षिक साधारण सभा शुरु भएको छ । बार्षिक साधारण सभाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रशाद बडूले एक कार्यक्रमका विच उद्घाटन गर्दै औद्योगिक नीतिमा सुधार ल्याउने आश्वासन दिनुभएको छ । उद्योगमन्त्री बडूले उद्योगको विकासका लागि सरकार लागि परेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले प्रादेशिक उद्योग क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । सुप प्रदेश सरकारका लागि उद्योग पर्यटनमन्त्री मान बहादुर धामीले समेत उद्योगको विकासका लागिआवश्यक सहयोग गर्ने बताए । नेपाल ईट्टा उद्योग महासघका अध्यक्ष शंकर बहादुर चन्दले उद्योगी व्यवसायीका थुप्रै समस्या रहेको बताए । संघीय तथा प्रदेशका मन्त्री समक्ष अध्यक्ष चन्दले देशको आर्थिक विकासका लागि महत्वपूर्ण औद्योगिक विकासका लागि ईटा व्यवसायीको भूमिका रहेको भन्दै राज्यबाट सहुलियत दिनुपर्नेमा जोडदिए । साधारण सभाबाट ईटा व्यवसायीका विद्यमान समस्या र निकासका विषयमा छलफल गरिने बताए । ‘ईट्टा व्यवसायमा देशभरीबाट प्रत्यक्ष ३ लाख मानिस रोजगारीका छन, १ अध्यक्ष चन्दले भने, ‘यो रोजगारीमुलक र आर्थिक विकासका लागि योगदान पु¥याउने क्षेत्र हो ।’ देशभरीका ईट्टा उद्योगीका विद्यमान समस्या समाधानका लागि पहल राष्ट्र निर्माणको काममा अघि बढ्ने बताए । कोरोना महामारीका कारण थलिएको ईटा व्यवसायी उकास्नका लागि निकास निकालिने अध्यक्ष चन्दले बताए ।

राज्यलाई प्रत्यक्ष कर बुझाउने ईट्टा व्यवसायीका समस्यामा सरकारले विशेष ध्यान दिनुपर्नेमा समेत अध्यक्ष चन्दले जोडदिए । अध्यक्ष चन्दले ईन्धन र कोईलामा उल्लेख्क मुल्य बृद्धिका बाबजुत पनि ईटा व्यवसायी जोखिम मोलेरै भएपनि विकास निर्माणको साझेदारीकै रुपमा काम गरिरहेको बताए । नयाँ लगानी गर्ने सिजन आईसक्दा पनि गत आर्थिक बषर्एको उत्पादित ईटाको बिक्रि वितरण नहुँदा र बैंकहरुले थप लगानी नगर्दा यस सिजनमा नेपाल भरीका झण्डै ७० प्रतिशत ईटा उद्योग आफ्नो उद्योग बन्द गर्न विवश भएको जनाएका छन । अध्यक्ष चन्दले चालु आर्थिक बर्षमा समेत अर्थतन्त्र सुधार नभए बैंकहरु पं्रर्याप्त मात्रामा भैतिक विकासमा लगानी नगरे सरकारले विकास निर्माणका पूर्वाधारमा तिव्रता नदिए आगामी सिजनमा देशैभरीका ८ सय ईटा उद्योग धरासायी बन्ने चिन्ता व्यक्त गर्नुभयो । ‘नेपालमा पनि समयमको गति प्रविधिको विकाससंगसंगै ईटा उद्योगीपनि नविनतम प्रविधि रुपान्तरणको प्रकृयामा गईरहेका छन, ‘अध्यक्ष चन्दले भने, ‘०७२ सालको महाभुकम्पपछि उपत्यका लगाएका देशका अरु केही ठाँउमा पनि ईटा उद्योगीका चिम्नी तहसनहस भए पश्चात नेपाल ईटा उद्योग महासंघ सहित ईटा उद्योगको म्यानुअल तयार गरि अघि बढेको छ ।’

नेपालमा समेत जिआईजी जेडेज प्रविधिलाई पुरस्कृत गरेको अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले एसिया महादेशका कुनैपनि राष्ट्रमा हालसम्म सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्था मार्फत ईटा उद्योगको प्रविधिक विषयमा अध्ययनको व्यवस्था नभएकालेमा ईटा उद्योग महासंघको पहलमा सिटीईभिटीबाट पाठ्यक्रम स्वीकृत गराई ब्राईक फायरिङ्ग मास्टर सम्बन्धी तालिम संचालन गरिएको बताए । अध्यक्ष चन्दले श्रम र श्रमिकलाई उचित सम्मानका साथै श्रम ऐन र व्यवस्था सुरक्षामा क्रमिक सुधार गर्दै जाने समेत प्रतिबद्धता जोहर गरेका छन । महासंघकै अगुवाईमा आईसिआईएमओडीको सहयोगमा एसिया महादेशमा प्रविधि सम्बन्धी थप अनुसन्धान पारम्परिक सहयोग प्रविधि रुपान्तकरण तथा न्यून प्रदुषणमा एक हुन एफएबिकेएको गठन गरिको समेत अध्यक्ष चन्दले बताए । नेपाल ईट्टा उद्योग महासंघ कैलालीका अध्यक्ष बिनोद कुमार शाहले साधारण सभामा देशैभरीका सयौँ ईटा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । साधारण सभा मंगलबारसम्म संचालन हुनेछ । साधारण सभाबाट आम ईट्टा उद्योगी व्यवसायीको हकहितका लागि योजना ल्याईनेछ ।






