कञ्चनपुर : कंचनपुर सरकारले निर्वाचनको मिति घोषणा गरे यता आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस कञ्चनपुर १ का महाधिवेशन प्रतिनिधि अमरजन साउदले आफ्नो प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दाबी रहेको बताएका छन् ।

निर्वाचन आयोगले दल दर्ता, मतदाता नामावली अन्तिम रूप दिने र समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम सहितका चुनावी कार्यक्रमहरू अघि बढाई मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरे लगत्तै उम्मेदवारी दाबी गर्नेको लहर देशब्यपी चलिरहेको छ। २०४७ देखि नेबिसंघको राजनीतिबाट पार्टी राजनीतिमा होमिएका अमर जग साउद २०५९ मा साविक परासन गाविसमा नेपाली काँग्रेस गाउँ इकाई समितिका सभापतिको भुमिकामा रही काम गरेका थिए। उनले यही मंसिर ४ गते हुने निर्वाचनमा कंचनपुर निर्वाचन क्षेत्र नम्बर १”क” बाट प्रदेश सभा सदस्य पदमा आकांक्षी रहेको बताउछन ।

साउदले भने ” पछिल्लो राजनीतिक घटनाक्रम पछि मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि मेरो उम्मेदवारी समाज फुटाउन हैन, जुटाउन कै लागि हो। पार्टी नेतृत्वले टिकट मलाई दिनेछ भन्नेमा ढुक्क छु।” उनले भने” चुनावमा जितिन्छ भनेर नै उठ्ने हो। मुद्दा उठाउने हो। जितिएला, हारिएला प्राविधिक कुरा हो। तर पार्टीको नीति,निर्देशन, विधी र पद्धती बहिर म जन्न, किनकि नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताले नीति,निर्देशन, विधी र पद्धतीमा चल्नु पर्दछ, ।

राजनीतिसंगै शिक्षित समुदाय निर्माण गर्न बिधालय सञ्चालन मात्रै हैन वातावरणीय पर्यावरण जोगाउन २०७४ देखि सामुदायिक बनको सचिब पदमा रहि बनजंगलको संरक्षण र भारतीय ज्यादतीका विरुद्धमा जंगे पिल्लार को रूपमा खडा भइ निडर र हक्की स्वभावका साउद समुदाय स्तरमा गरेको उनको योगदानले उनलाई समाज र पार्टी नेतृत्व भित्र जनमुखी नेताको रुपमा पनि चिनिन्छन् ।






