सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रको अध्यक्षमा बोकटी चयन


कञ्चनपुर : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको ९ अधिवेशन सम्पन्न भएको छ। “नागरिक प्रहरीको सौहार्दता एवं विश्वास उत्कृष्ट समाजको अाधार” नारा सहित सामाजिक सुरक्षा तथा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न केन्द्रको स्थापना भएको हो।

अधिवेशनले कृष्ण प्रसाद बोकटीको नेतृत्व मा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष भोजराज भट्ट, सचिव बिमल खडायत, सहसचिव भुवन कुवर, कोषाध्यक्ष विनोद जैरु, सदस्य उमेश सुनुवार, सुनिल दत्त अोझा, भारती चौधरी, बिष्ना देवी रावल, कुसुम भट्ट अोझा, सिद्ध राज भट्ट, प्रसान्त भट्ट, खगेन्द्र सिंह बिष्ट, ऋषि कुमार सुवेदी, धर्म सिंह रावल, पुष्कर राज पान्डे, लिला सिंह बोहरा, चयन भएका छन्। निर्वाचित पदाधिकारीहरुलाई शुक्रबार सपथग्रहण तथा पदस्थापन गरिएको छ। सेवा केन्द्रको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत पुर्णा भट्ट जोशीको अध्यक्षतामा सन्चालन भएको सपथग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम सिंह चौधरी, भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शुसिल भट्ट, वडा नम्बर ४ वडा अध्यक्ष रविन्द्र देवकोटा, सल्लाहकार डा.टेक राज भट्ट, पुर्ण बहादुर चन्द, लिलाध्वज बस्नेत, खगेश्वर केसी लगायतको उपस्थिति रहेको थियो। समाजमा धार्मिक सांस्कृतिक स्वतन्त्रता अनुसार चौकिदारको रुपमा सेवा केन्द्रले सेवा प्रदान गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नु भयो । कार्यक्रम सञ्चालन सचिव बिमल खडायतले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img