कञ्चनपुर : प्राविधिक स्वास्थ्य शिक्षा अध्ययन गरेका तीन जना युवाले कञ्चनपुर महेन्द्रनगरमा ग्लोबल फार्मेसी खोलेका छन । महेन्द्रनगर बजारमा तीन युवाले सामुहिक रुपमामा ग्लोबल फार्मेसी खोलेका हुन । मास्टर अफ फार्मेसी गरेकी प्रतिक्षा जोशी, फार्मेसी गरेका दिपेन्द्र महरा र एमपिएच गरेका दिपक पाण्डेले सामुहिक लगानीमा ग्लोबल फार्मेसी खोलेका छन । नेपालमा दर्ता भएका सबै प्रकारका औषधी एकै ठाँउमा उपलब्ध गराउने उदेश्यले सामुहिक रुपमा फार्मेसी खोलेको उनीहरुले बताएका छन ।

ग्लोबल फार्मेसी संचालक दिपेन्द्र सिह महराले बिरामीलाई एकै स्थानबाट सबै औषधी उपलब्ध गराउने उदेश्यले तीन जना युवा मिलेर फार्मेसी संचालनमा ल्याएको बताए । अर्का संचालिका प्रतिक्षा जोशीले चिकित्सकको सिफारिसमा बिरामीले उपभोग गर्नुपर्ने औषधी एकै स्थानमा नपाउने यहाँको समस्या समाधान गर्नका लागि फार्मेसी संचालनमा ल्याएको बताईन । महेन्द्रनगर अस्पताल रोडमा रहेको फार्मेसी सोमबारदेखि संचालनमा ल्याईएको छ । भावि दिनमा क्लिनिककै सेवा प्रदान गरिनेछ ।







