देउवाको गृहजिल्लामा समाजसेवी विनय मल्लको खोजी


महेन्द्रनगर : आउँदो मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी डडेल्धुरामा पनि बढेको छ । निर्वाचनको मिति तोकिएसंगै शहर बजार गाउँघरमा चुनावी चर्चा पनि सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यतिबेला सबैको ध्यान तानेको छ । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । देउवाको गृहजिल्ला भएको हुनाले पनि प्रतिनिधि सभाको सीट कांग्रेसले गठबन्धनका अन्य दलहरुलाई दिदैन् ।
देउवा २०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसकेका छन् । मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ । तर, यति पटक विजयी भईसकेका देउवा के साच्चै आम जनता, गरिव, दुखी, दलित, एकल महिला, अपाङता, अनाथ वालवालिका, स्वास्थ्य शिक्षा, वा अन्य विकासको क्षेत्रमा रहेर सबैको मनमा वस्न सफल भएका छन अथवा आफनो पार्टीको संगठनका कार्यकर्ता नेताले जनतालाई दिएकोे दवावमा जनताको मन जित्दै छन् त ? यो गम्भिर प्रश्न चिन्ह आउँछ अहिले ।


ग्राउण्ड रिपोटिङका दौरानमा हामीले भेटेका जती पनि डडेल्धुराका आम स्थानिय अथवा भनौ मतदाताहरु र भोट दिन नपाउने युवा विधार्थीहरु जुन आफनो उमेरले भोट हाल्न पाउँदैनन, सबैलाई भेटदा उनिहरुले भनेका छन् कि विनय प्रकाश मल्ल जस्तो निस्वार्थ भावना भएको समाजसेवी, स्वतन्त्र, विचार भएको व्यक्ति, दुरदृष्टि भएको व्यक्ति, समाजसेवामा आफनो आहुती दिन पनि तयार हुने व्यक्ति, दिनदुखी गरिवको आँशुमा सधै मल्हम लगाउने व्यक्तिको, आवश्यक्ताको महशुस गरेका छौ भनेर आफनो प्रतिक्रिया दिन्छन ।
अहिले नेपालमा सबै भन्दा उत्तम कार्य एक महिनामै गर्न सफल भएका छन स्वतन्त्र उम्मेदवारहरु उनिहरुसंग नत कार्यकर्ता नै छन, नत नेता नै छन, न अन्य व्यक्तिहरु छन, जस्को लागि उनिहरुले पैसा खर्च गर्न परोस अथवा राज्यको ढुकुटी सिध्याउन परोस ।
यही दौरानमा हामीले डडेल्ध’रका स्थानियहरुसंग उहाँहरुको राय बुझेका छौ । आउँदो मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागी कस्तो उम्मेदवार भयो भने जिताउनु हुन्छ भनेर, अधिकाँसले भनेका छन स्वतन्त्र उम्मेदवार विनय जस्तो भिजन भएको समाजसेवा गर्ने निस्वार्थ भावना भएको भनेर,
अमरगढी नगरपालिका ४ का स्थानिय बिरबहादुर विष्टले धेरै नेताहरुलाई हेरियो अब या त भोट नै नदिन, या त विनय प्रकाश मल्ल जस्तो स्वतन्त्र युवा विकासको लागी समाजको लागी काम गर्ने व्यक्ति आयो भने मात्रै भोट दिन्छु उनि भन्छन् ।


यस्तै भनाई रहेको छ अमरगढी नगरपालिका ५ का युवा समाजेवी श्याम सिनालको आफुले पनि धेरै वर्ष पार्टीमा विताएको र पार्टी भित्र रहेको कार्यकर्ता पोस्ने आफनो आफन्तलाई मात्रै अवसर दिने समाजसेवाको भावना भएका नेताबाट पिडित भएपछि उनी अहिले स्वतन्त्र छन् यतिका वर्ष विभिन्न पार्टीका व्यक्तिहरुलाई भोट दियौ जिताएर केन्द्र सम्मपनि पुय्राईयो काम गरियो तर तर समाजमा पछाडी परेका विपन्न गरिब दलितको लागि कस्ेले पनि ेकही गर्न सकेनन गरेनन सबैले आफनो पार्टी आफना कार्यकर्ता आफना ठेकेदारअरुलार्य मात्रै राज्य ढुकुटी सिध्याएर भएपनि दिए तर समाज विकासको लागि निस्वार्थ रुपमा कसैलाई पनि देखेन ।
पछिल्लो समय जिल्लामा विनय प्रकाशले गरेका कार्यहरुको सकारात्मक विचारहरु जिल्लावासीले दिएका छन् सिनालले भने, विनयजि नै आउनु पय्रो, र काम गर्नु पय्रो भन्छ् मत । सिनालले भने, अहिले जिल्लामा हेर्नु भयो भने अधिकाँश ठाँउमा विधालयमा अक्षयकोष खोल्न होस, दलित अपाङग भएका विधार्थीलाई विधालय पोशाक, छात्रवृद्धि, विधालयमा शैक्षिक सामग्री, युवाहरलाई खेलकुदको लागि सहयोग, लगायतका अनगिन्ती सामाजिक कार्य त्यो पनि आफनै पैसाले गर्न सक्ने क्षमता भएका महापुरुष भन्न रुचाउछु म ति व्यक्तिलाई जस्ले आफनो ठाँउको लागि गरेको सामाजिक कार्य महान छ ति व्यक्तिले आउनु पर्छ डडेल्धुरामा अनि सुर्धिन्छ हाम्रो समाज विकास अनि आम जनता दुख सकिन्छ । जनप्रतिनिधी भनेका जनताका प्रतिनीधी हुनुलाई राजा जस्तो सोचेर नराम्रो व्यवहार गर्ने नचिन्ने नबोल्ने पनि गरिरहेको अवस्थामा अझैपनि हामी किन भोट दिन्छौ र अमरगढी नगरपालिका ९ शिद्ध भटटले भने, हामीले भोट दिनुपर्ने जिताउनु पर्ने फेरी हामीलाई नै नचिन्ने हाम्रो समस्या नबुझिदिने हुदैन अब को भोट त्यस्तो व्यक्तिलाई नदिने उनले भने, पछिल्लो समय राजनिती उतारचडावले पनि जनताहरु पार्टी प्रती त्यति खुशी छैनन, अब विशुद्ध समाजसेवा गर्ने,निस्वार्थ भावना भएको व्यक्ति आयो भने वाजी मार्ने पक्कै दखिन्छ डडेल्धुरामा पार्टीगत भोट होलन, तर मनदेखी अहिले पनि जनताले निस्वार्थ समाजसेवीलाई खोजि रहेका छन् ।


ताजा समाचार

spot_img