होटल व्यवसायी संघ कञ्चनपुरको २६ औं बार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : होटल व्यवसायी संघ कञ्चनपुरको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार महेन्द्रनगरमा आयोजित साधारण सभाको उदघाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री प्रकाश रावलले होटल ब्यवसायमा देखा परेका समस्याहरुको निराकरण तथा ब्यवसायको स्तरोन्नति आवश्यक भएकोे बताए । कोभिड १९ बाट होटल व्यवसाय धरासायी भएको छ ।No description available.

होटल व्यवसाय र पर्यटन क्षेत्रमा परेको समस्या समाधानका लागी प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गरेको मन्त्री रावल बताए । कार्यक्रममा भीमदत्त नगरपालिका उप प्रमुख निलम जोशीले होटल व्यवसायले स्थानिय स्तरमा रोजगारी सिर्जना गरेको छ । युवाहरु दक्ष बनाउन तालिम उपलब्ध गराउन नगरपालिकाले पहल गर्ने बताए । संघका महासचिव रामचन्द्र रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोक बहादुर खडकाले गरेका थिए ।No description available.

होटल व्यवसाय महासंघ नेपालका पर्यटन सचिव प्रमानन्द भण्डारी, होटल व्यवसाय महासंघ नेपालका सल्लाहकार पदमराज अवस्थी, संघका प्रशासन उपाध्यक्ष शुसिल भट्ट, बस व्यवसायी संघ लगायतको उपस्थिती रहेको थियो । कञ्चनपुर जिल्लामा ४ सय होटल व्यासायी आवद्ध रहेका छन । संघका वरिष्ठ उपाध्यक्ष केसव सिह जोराले स्वागत मन्तव्य र रामचन्द्र रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।


ताजा समाचार

spot_img