अखिल नेपाल महिला सघ (समाजवादी) कञ्चनपुरकाे तिज शुभकामना आदान प्रदान कार्यक्रमकाे आयाेजना

कञ्चनपुर : अखिल नेपाल महिला सघ (समाजवादी) कञ्चनपुर जिल्ला कमिटीकाे आयाेजनामा महिलाहरुकाे महानपर्व तिजकाे पुर्व सन्ध्या मा तिजकाे शुभकामना आदान प्रदान कार्यक्रमकाे आयाेजना गरेकाे छ।


वर्ष दिनकाे दु:ख पिडा भुल्लेर एकआपसमा माया साटासाट गर्दै।कार्यक्रममा सहभागी दिदी, बहिनीहरुले नाच्दै गाउँदै रमाइलो गरे।
अखिल नेपाल महिला संघ(समाजवादी) कञ्चनपुर जिल्ला कमिटीकि अध्यक्ष बिषना पन्तले यस प्रकारकाे कार्यक्रमले महिलाहरुलाई नजिक ल्याउनुकाे साथै हाम्रो परम्परा र धर्म संस्कृति पनि जाेगिने हुनाले यश प्रकारकाे कार्यक्रमकाे आयाेजना हुनजरुरी छ भने अहिले चाडपर्व काे नाममा देखिएको विकृति हटाउनुपर्नेमा जाेड दिनु भयाे ।

कार्यक्रमकाे अध्यक्षता अखिल नेपालसंघ (समाजवादी) कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष विष्ना पन्तले गर्नु भएको थियोे । प्रमुख अतिथि केन्द्रीय सदस्य सुप प्रदेश अध्यक्ष हर्क बहादुर सिह रहनु भएको थियाे । विशिष्ट अतिथिमा शुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य लालबहादुर खड्का, नगर कमिटी अध्यक्ष मदन सेराला प्रदेश सचिव दिनेश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन कस्तुरा चन्द गर्नु भएको थियोे ।

 

ताजा समाचार

spot_img