शुक्रबारदेखि कञ्चनपुरमा काँग्रेसको संगठन सुदृढिकरण अभियान


कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरले संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ । पार्टी केन्द्रंको निर्णय अनुसार कञ्चनपुरमा समेत काँग्रेसले संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको हो । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले पार्टी केन्द्रको निर्णय अनुरुप अभियान संचालनका लागि तयारी भईरहेको बताए । उनका अनुसार प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन लक्षित गरेर काँग्रेसले अभियान संचालन गर्न लागेको छ । ‘जनताको साथमा काँग्रेस’ भन्ने मुल नारा लिएर काँग्रेस कञ्चनपुरले संगठन सुदृढिकरण अभियान संचालन गर्ने उपसभापति सिहले बताए । अभियानका लागि केन्द्रीय सदस्य रामजनक चौधरी कञ्चनपुर खटिएका छन । हरेक पालिका क्षेत्रमा कार्यक्रम हुनेछ । अभियान १०भदौँदेखि २५सम्म संचालन हुनेछ ।


ताजा समाचार

spot_img