कञ्चनपुर : जबरजस्तीकरण उद्योग मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । प्रहरीले जबरजस्तीकरणी उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी भरतराज गिरीले जबरजस्तीकरणी उद्योग मुद्दाका फरार अभियुक्त हरिस बमलाई पक्राउ गरी अदालतमा पेश गरेको बताए । दोधाराचाँदनी नगरपालिका २चाँदनीका बम बिरुद्धमा दायर भएको मुद्दामा २७ माघ ०७६ सालमा जिल्ला अदालतबाट करणी मुद्दामा १बर्ष ८ महिना जेल र ७६ हजार जरिवाना सम्बन्धी फैसला गरेका थियो । बमले कैद भुक्तान र जरिवाना नतिरेपछि लुकिछिपी बसेका बमलाई प्रहरीले पक्राउ गरी आदालत पेश गरेको छ । अदालत पेश भएका बमलाई सिधै कारागार चलान गरिएको छ ।







