समाजवादीले भीमदत्त नगरमा संगठन विस्तार अभियान संचालन गर्ने


कञ्चनपुर : नेकपा एकीकृत समाजवादीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा संगठन विस्तार एव सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । सोमबार समाजवादी भीमदत्त नगरको बैठकले नगरमा संगठन विस्तार एव सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उप सचिव तथा भीमदत्त नगर इन्चार्ज राजेन्द्र पाण्डेले विगतदेखि संचालन हुँदै आएका भातृ संघ संगठनका भेला, सम्मेलन, संगठन विस्तारका कार्यक्तमलाई निरन्तरता दिने निर्णय गरिएको बताए ।

नेकपा एकीकृत समाजवादी भीमदत्त नगरका अध्यक्ष मदन सेरालाको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटि सदस्य उर्वादत्त पन्त प्रमुख अतिथि रहेका थिए । बैठकमा जिल्ला इन्चार्ज लाल ब. खडका, सह इन्चार्ज प्रकास ब. रावल, सचिव हरक सिह धामी, उप सचिव राजेन्द्र पाण्डे सहितका नेता कार्यकर्ता सहभागि भएका थिए ।


ताजा समाचार

spot_img