किशोर तामाङ /कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका नेपाली काँग्रेसका पाका नेता दान बहादुर पाण्डे ले कञ्चनपुरर निर्वाचन क्षेत्र नम्बर १’ख” बाट प्रदेश सभा सदस्य समानुपातिक पदमा आफ्नो उम्मेदवार दाबी गर्नुभएको छ। २०३६ भन्दा पनि अगाडि देखि नेपाली काँग्रेस पार्टीमा लागेका पार्टी पछिल्लो केही दशक अघि देखि नेपाली काँग्रेसको संगठनक्रियसिल हुदै आएका पाण्डे क्षेत्र न १ का पाका र पुराना नेता हुन। दान बहादुर पाण्डे जहिले पनि पार्टी नेतृत्वमा ओझेलमा पर्ने नेताहरू मध्ये एक हुन्।

पाण्डे ओझेलमा पर्दा पर्दै पनि तत्कालीन अवस्थामा साविक रामपुर गा वि स सभापति र , नेपाली काँग्रेस बेलौरी नगरपालिकाका नगर उप सभापति समेत रहि सक्नुभएको छ। नेपाली कांग्रेस पार्टीमा अबद्ध भए पश्चात् उनले पाटिलाई शिरोधार्य गर्दै हरेक समय पार्टीको हकहितका लागि सहयोग पुर्याउदै आई रहनुभएको छ। चार दशक बढी पार्टीभित्र पुरयाएको योगदानको अवहेलना गर्दै पछिल्लो समयमा आफू पार्टी भित्रको गुटबन्दीको शिकार बन्न पुगेको स्वीकार गर्दै त्यो परिपाटीको अन्त्य गर्न आफ्नो उम्मेदवारी घोषणा भएको बताउदै नेता पाण्डे नेपाली काँग्रेसमा आस्थावान् मतदाताहरू मा निर्वाचनको यो महाकुम्भमा आफु होमिएको बताउनुभयो।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस क्षेत्रको बिकास , सामुदायिक सामाजिक उत्तरदयित्वका बिच मंसिर ४ मा हुने ससदिय निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा लविङ चलिरहेको परिवेशमा हाल सम्म पार्टीका नेतृत्वपक्तिले आफुलाई विश्ववास नगरे पनि यसपटकको निर्वाचनमा मतदाताले बिश्वास गर्ने मा ढुक्क रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता पाण्डे मंसिर ४ गते हुने निर्वाचनका लागि ३ महिनाअघि नै आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पाण्डेले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर १ ख को समानुपातिक तर्फ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। पाण्डेले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । साथै राष्ट्रिय मुद्दालाई स्पष्टता दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए







