भम्केनी धाम सडकखण्डमा सरसफाई


कञ्चनपुर: चाडवार्ड नजिकिदै जाँदा धार्मिक क्षेत्रमा भक्तजनहरुको आवत जावत बढ्ने भएकाले भम्केनी धाम सडकखण्डमा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका ८तिलाचौर स्थित भम्केनी धाम जाने सडकखडमा सरसफाई गरिएको हो । भानु टोल विकास संस्थाको आयोजनामा सडक छेउछाउको झाडी रुखका हाङगा झाँडी सफाई गरिएको छ ।
भानु टोल विकास संस्थाका अध्यक्ष खेमराज जोशीले भक्तजनहरुको आवागमनलाई सहजता बनाउनका लागि सडक क्षेत्रमा सरसफाई गरिएको बताए । भानु टोल विकास संस्था सडक सरसफाई जुटेपछि स्थानीय हर्षित भएका छन ।

ताजा समाचार

spot_img