कञ्चनपुर: राष्ट्रिय भूमि आयोगले कञ्चनपुरमा काम तिव्र गतिमा अघि बढाईएको छ । जिल्लाका ९वटै पालिकामा राष्ट्रिय भूमि आयोगले आफ्नो कामकाज तिव्र गतिमा अघि बढाएको छ । सबै पालिकामा भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीका फारम संलकन गरिएका छन । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै दुई गाँउ र सात पालिकामा कामकाज अघि बढेको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष सबै पालिकामा भूमिहिन दलित, भूमिहिन सुकुमबासी, अव्यवस्थित बसोबासीको फारम संकलन भएको बताए । यसका साथै विगतका आयोगले गरेका अधुरा कामको समेत फारम संकलन गरिएको छ ।

बेलडाँडी गाँउपालिका ४ हजार ६ सय, लालझाडी गाँउपालिका ३ हजार ८ सय७१, बेलौरी नगरपालिका ५ हजार ५३१, पुनर्वास नगरपालिका ६ हजार, ९१०, कृष्णपुर नगरपालिका १५ हजार ३३१, शुक्लाफाँटा नगरपालिका ११ हजार, ८३६, बेदकोट नगरपालिका ९हजार ५१८, भीमदत्त नगरपालिका ८ हजार ११८ र दोधराचाँदनी नगरपालिका ३ हजार, ३७५ ले फारम भरेका छन । ‘अहिले सबैको फारम संकलन गरेर कम्प्युटर डाटा ईन्ट्री गर्ने काम भईसकेको छ, ‘अध्यक्ष ढुङगानाले भने, ‘निस्सा समेत वितरण गरेर केही पालिकामा नाँपजाँचको काम पनि शुरु भएको छ ।’ अनुसुचि २ अन्र्तरगत अधुरा काम सबै पालिकाबाट २७ नयाँ सहित ४ हजार ९९४फारम संकलन भएको बताए ।

‘नापी कार्यालयबाट नाँपजाँच गरेर प्रमाणित भएपछि जनतालाई लालपुर्जा वितरणको काम अघि बढ्छ, ‘अध्यक्ष ढुङगानाले भने, ‘फेरीपनि छुटफुटलाई समेटन सुचना जारी गरेका छौँ ।’ भूमि आयोगले कञ्चनपुरका सबै पालिकासंग समन्वय गरेर कामकाज अघि बढाउन आग्रह गरेको बताउँदै, सबै प्रकृया पुरा भएपछि जनतालाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको अध्यक्ष ढुङ्गानाले बताए । भूमि आयोगको कामकाज अघि बढेर किसानलाई लालपुर्जा वितरण गरे किसान र राज्यलाई लाभ हुनेछ । बषौँदेखि जमिन लालपुर्जा बिहिन जनता लालपुर्जा पाउने र राज्यले समेत राजस्व संकलन गर्नेछ । जसबाट राज्य जनता दुवैलाई लाभ हुनेछ ।







