महेन्द्रनगर : डडेल्धुराका समाज सेवी विनय प्रकाश मल्लले महिला दिदिबहनीको महान पर्व हरितालिका तिजको कार्यक्रम संचालन गर्न आर्थिक सहयोग गरेका छन् । पर्यटन तथा मौलिक साँस्कृतिक हाम्रो पहिचान कला संस्कृति र कला जोगाउने हाम्रो अभियान भन्ने मुल नारा का साथमा महिला दिदि बहिनीहरुको महान चाडमा तिज बिशेष महिला खुल्ला नृत्य प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएकाले समाजसेवी मल्लले ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका हुन् ।

सरगम कला केन्द्रको आयोजनामा भाद्र १४ गते परशुराम नगरपालिकाको भागेश्वर माध्यमिक विधालयमा हुने कार्यक्रममा पहिलो हुनेलाई नगद १० हजार प्रमाण्पत्र दोस्रो हुनेलाई ५ हजार प्रमाणपत्र, तेस्रो हुनेलाई २५ सय र सान्त्वनालाई १ हजार नगद प्रदान गरिने कार्यक्रम संयोजक रामबहादुर बोहराले बताएका छन् । समाजसेवी मल्लले गरेको सहयोग प्रती आयोजकले धन्यवाद व्यक्त गर्नुको साथै योअवस्थामा पनि सात समुद्रपारी बाट आफनो क्षेत्रको लागि योगदान दिनुभएको मा संयोजक बोहराले कृतज्ञता व्यक्त गरेका छन् ।







