कञ्चनपुरमा माछा पोखरीबाट गोहीको उद्धार


महेन्द्रनगर : कञ्चनपुरमा गोही उद्धार गरिएको छ । भीमदत्त नगरपालिका १३ बडैपुरमा स्थानियको माछा पोखरीमा माछा खान आएको अवस्थामा उक्त गोहीको उद्धार गरिएको हो । स्थानिय माछा पालक किसान गोपाल नेगीको २ वटा माछा पोखरीमा माछा खान आएको बेलामा गोहीलाई समातेर शुक्लाफाँटा निकुञ्जको जिम्मा लगाएको किसान नेगीले बताए ।

“विगत धेरै दिनदेखी पोखरीमा माछा नै नदेखिने भए ५ सय बढी माछा खाई सक्यो ।” उनले भने, “रातीको समयमा बसेर पोखरी कुर्दा गोही पछाडी रहेको गन्दा नालाबाट पोखरीमा पसेर माछा खाँदै गरेको अवस्थामा समातेर निकाल्यौ ।” जाल हानेर गोहीलाई समातेर शुक्लाफाँट आरक्ष कार्यालयबाट कर्मचारी आएपछि गोहीलाई लगेर गएको उनले बताए ।


ताजा समाचार

spot_img