कञ्चनपुर: पंतञ्जली योग समिति कञ्चनपुर तथा पंतञ्जली महिला योग समितिका पदाधिकारीहरु सहभागि रहेको एक समारोहका बीच जिल्ला रेडक्रस सोसाईटि कञ्चनपुरका नव निर्वाचित उपाध्यक्ष मञ्जु दहाल लाई सम्मान गरेको छ ।

पंतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी अध्यक्षता एवं नेपाल पंतञ्जली योग समितिका केन्द्रिय सदस्य कञ्चनपुर जिल्लाका संस्थापक एवं मुख्य योग प्रशिक्षक लब राज भट्टको प्रमुख आतिथ्यतामा गरिएको सम्मान कार्यक्रम रेडक्रस योगको कार्यक्रम पनि संग संगै लैजान सके मानव जिवनको स्वास्थ्य प्रतिको सचेतना वृद्धि भई निरोगि रहने संख्या वृद्धि हुने विश्वास पंजतञ्जली कञ्चनपुरको रहेको छ ।

सम्मातिन हुनु भएका जिल्ला रेडक्रस सोसाईटि कञ्चनपुरका उपाध्यक्ष मञ्जु दाहालले रेडक्रसको प्रमुख कार्य मानविय सहायत र ब्लड बैङ्क सञ्चालन रहेकोले यस कार्यका पंतञ्जली कञ्चनपुर परिवारको समेत सहभागिता रहने कुरामा विश्वस्त रहदै आफ्नो क्षेत्रबाट योग र आर्युवेदको प्रचार प्रसारका लागि सक्दो सहयोग गरिने प्रतिवद्धता समेत जाहेर गरेको थियो ।







