‘आफुरुले केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकामा माहाकाली नदी र जगबुडा नदीको तटबन्धको अवस्थाको अवलोकन गरेको बताउदै महाकाली नदी जगबुडा नदीमा रहेको तटबन्धको कमजोर भएको स्थानमा मर्मत गर्ने र होचो भएको स्थानमा अग्लो बनाउन रु. २४ करोड लगानी गरेर आजको दुई/तिन सातामा टेण्डर गर्ने योजना रहेको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले बताएका छन्’

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले नेपाली काग्रेंस मात्र देशमा बिकास गर्ने दल भएको दाबी गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको समग्र बिकासमा नेपाली काग्रेंसको योगदान रहेको बताउदै जनताहरुमा नेपाली काग्रेंस प्रति गाढा बिश्वास रहेको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्तले दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मा आयोजित स्थानियहरु संग भेटघाटमा यस्तो बताएका हुन् । दोधारा चाँदनी नगरपालिकामा निमार्ण भएका महाकाली झोलुङ्गे पुल, ४ लेनको पक्की पुल, बिद्यालय तथा स्थास्थ्य संस्था लगाएत क्षेत्रमा नेपाली काग्रेंसका पहल तथा योगदान रहेको बताउदै अबका दिनहरुमा हुने निर्वाचनमा बहुमतले नेपाली काग्रेंसलाई बिजय बनाई देश तथा नगरको बिकास निमार्ण कार्यमा सघाउन सबैमा नेता लेखकले अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा निमार्ण गरिने भनिएको सुख्खा बन्दरगाहा नेपाली काग्रेंसको सरकारको पालामा निमार्ण हुने भएको बताउदै देशमा बिकास निमार्णको लागी जनताले नेपाली काग्रेंसलाई बिश्वास गरेको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्क्री रमेश दत्त लेखकले कार्यत्रममा दाबी गरेका छन् । अन्य ओली सरकारले देशमा गरेको अनियमियता तथा भ्रष्टाचार जनताले प्रष्टरुपमा देखेको बताउदै देशलाई समृद्धि बनाउने काम नेपाली काग्रेंसबाटनै हुनेमा जनता ढुक्क भएको उनको भनाई रहेको छ् । ‘ओली सरकारको कामले जनतामा आएको निराशालाई कांग्रेसले आशामा बदल्छ् । अबको निर्वाचनमा कांग्रेस बलियो पार्टीका रुपमा सरकारमा हुन्छ ।’ नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले भने । केपी सरकारको पालामा अबरुद्ध बिकास निमार्ण कार्यहरु नेपाली काग्रेंसले पुरा गर्ने कार्यक्रममा बताईएको छ् । ‘एमालेका साथीहरुले झोलुङ्गे पुल बन्दैन भन्थे, पक्की पुल बन्दैन भन्थे ।


हामीले बनाएर देखायौं’ नेता लेखकलले भने । हामीले टेण्डर गरेर निमार्ण कार्य अघि बढाएको ४ लेनको पक्की पुलमा एमालेका साथीहरुले हामीले बनाएको भन्दा हाँसो लाग्ने गरेको उनले बताए । ‘नेपाली काग्रेंस सरकारमा हुदा ४ लेनको पक्की पुल बनायौ । तर त्यसै संग जोडिएको सुख्खा बन्दगाहा बनाउने काम केपी ओली सरकारले गफ मात्रै गर्यो । सुख्खा बन्दरगाहाको काम हामी अघि बढाएर देखाउछौं’ नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले दाबी गरे । देशको मुहार फेर्ने सुख्खा बन्दरगाह जस्तो बृहत परियोजनाको कामलाई समेत केपी ओली सरकारले वेवास्ता गरेको उनको आरोप छ् । ‘दोधारा चाँदनी नगरपालिकाको मात्रै नभई देशकै कायापलट हुने सुख्खा बन्दरगाह निर्माण कार्य समेत केपी ओली सरकारले केही गर्न सकेनन्’ उनले भने ।


कांग्रेस देशको एक मात्रै विकासवादी पार्टी भएको उनको दाबी छ् । आफुरुले केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकामा माहाकाली नदी र जगबुडा नदीको तटबन्धको अवस्थाको अवलोकन गरेको बताउदै महाकाली नदी जगबुडा नदीमा रहेको तटबन्धको कमजोर भएको स्थानमा मर्मत गर्ने र होचो भएको स्थानमा अग्लो बनाउन रु. २४ करोड लगानी गरेर आजको दुई/तिन सातामा टेण्डर गर्ने योजना रहेको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले बताएका छन् ।






