महाअभियोग लगाउन अगाडि प्रतिपक्षसङ्ग छलफल गरेको भए समर्थन गर्थ्यौ : निरु पाल

धिरेन्द्र भट्ट/कंचनपुर : प्रतिनिधिसभा सदस्य एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृ निरु देवि पालले प्रधानन्यायाधीश माथी महाअभियोग लगाउन अगाडि प्रतिपक्ष सङ्ग छलफल गरेको भए समर्थन गर्ने बताइन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेंद्र शमशेर राणा विरुद्धको महाभियोग माथिको छलफलमा भाग लिने क्रममा पाल ले यसो बताइन्। सत्तापक्षलाई आफुसङ्ग दुई तिहाई बहुमत छैन थाहा हुदाहुदै प्रधानन्यायाधीश माथि हछुवाको भरमा अविस्वासको मत पेश गरेको भन्दै त्यसको कारण संसदमा पेश गर्न उनले माग गरिन।

संसद पालले प्रधानन्यायाधीशको राष्ट्र र संस्थाको हित बिपरित गम्भीर गल्ती थियो भने प्रतिपक्षसङ्ग छलफल गरेको भए प्रतिपक्षले समर्थन गर्ने जाहेरी दिइन्। उनले सत्तापक्षले आफ्नो क्षणिक राजनितीक अबिस्ठ पूरा गर्न अथवा राणाको करियर समाप्त पार्न महाअभियोग लगाइएको आशंका व्यक्त गरिन।

प्रतिनिधिसभाको उक्त बैठकमा सत्तापक्ष र सत्तारूढ पक्षका सांसदहरुको आ-आफ्नै समान मतको दोहोरीमा चल्यो। सत्तापक्षले कानुनी गल्तिहरुको कारण नैतिकताको आधारमा प्रधानन्यायाधीशले स्वत: राजिनामा दिनुपर्ने जस्ता कुरा राखे भने सत्तारूढ सांसदहरुले गम्भीर छलफल र अध्ययन बिना न्यायपालिका माथी ठाडो हस्तक्षेप भएको बताए।

प्रधानन्यायाधीश राणा विरुद्ध भ्रष्टाचारलाई लिएर ०७८ साल फाल्गुन २९ गते सत्तापक्षका ९८ सांसदहरुले अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा प्रधान न्यायाधीश विरुद्ध २१ वटा आरोप लगाइएको छ। सो प्रस्तावलाई पारित गर्न संसदमा प्रस्तावको पक्षमा दुई तिहाई बहुमतको आवस्यकता पर्दछ। यदि दुई तिहाई मत प्राप्त भएको खण्डमा राणा मतमुक्त हुनेछन्।

ताजा समाचार

spot_img