पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश रमेश दत्त लेखकले महाकाली नदी र जगबुडा नदीको स्थलगत अबलोकन गरेका छन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखक सहित जनताको तटबन्धका ईन्जिनियर करुणाकर पन्त, महाकाली सिचाईका डिई रण बहादुर बम सहितको टोलीले आज बिहान दोधारा चाँदनी नगरपालिका वडा नं. १ जिरो पोईन्टको महाकाली नदीको तटबन्धको अवस्थाको बारेमा अबलोकन सुरु गरेका हुन् । महाकाली नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग समेत भेटघाट गरेका छन् । अबलोकनमा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश रमेश दत्त लेखक, जनताको तटबन्धका ईन्जिनियर करुणाकर पन्त, महाकाली सिचाईका डिई रण बहादुर बम, नेपाली काग्रेंस नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्ट, महाधिबेशन प्रतिनिधी बेल बहादुर राना, नेपाली काग्रेंसका नेता गोपाल गुरुङ्ग, नेपाली काग्रेंसका नेता नाफु सिंह साँउद, पुष्कर जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी लगाएत स्थानिय तथा सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिका वडा नं. १ को जिरो पोईन्टबाट सुरु गरिएको अबलोकनमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीमा निमार्ण गरिएको तटबन्ध हुदै वडा नं. ७, ८ र १० कुतियावकरको महाकाली नदी र जगबुडा नदीको दोभानको क्षेत्रमा समेत नेता तथा पुर्व मन्त्री लेखक सहित टोलीले स्थलगत अनुगमन गरेका हो । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिदै आएको अठार नम्वर पिल्लर बस्तीमा समेत अबलोक टोली पुगको थियो । नेपाली काग्रेंका नेता तथा पुर्व मन्त्री रमेश लेखक अठार नम्वर पिल्लर बस्तीमा पुगेपछि स्थानियहरुले फुलमालाले स्वागत गरेका थिए । अठार नम्बर पिल्लर बस्ती बिगत लामो समय देखि जगबुडा नदीको त्रासमा बस्दै आएको बस्ती हो । नदीले बस्तीनै जोखिम पर्दै आएको कारण उनिहरुले जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण गरिदिन नेता लेखकलाई अनुरोध गरेका थिए । महाकाली नदीको सतह माथी उठ्दै गएको र जाईकाले निमार्ण गरेको तटबन्धको सतह होचो हुदै आएको हुदा तटबन्धलाई मर्मत संगै तटबन्धको सतह अग्लो बनाउनु पर्ने तटिय क्षेत्रका स्थानियहरुले बताएका छन् । यस्तै वडा नं. १ र ३ मा जगबुडा नदीमा तटबन्ध निमार्ण भएको र त्यस पछिका वडाहरुमा रहेको जगबुडा नदीमा तटबन्ध निमार्ण कार्य रोकिएको हुदा तत्कालै जगबुडा नदीमा रोकिएको तटबन्धको निर्माण कार्य अघि बढाउन स्थानियहरुले नेता लेखकलाई अनुरोध गरेका छन् । नेपाली काग्रेंसका बरिष्ठ नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पर्ने महाकाली नदी र जगबुडा नदीको दोभान क्षेत्र, महाकाली नदीको जिरो पोईन्ट, जगबुडा नदीमा तटबन्ध निमार्णलाई सुचारु, क्रिटिकल क्षेत्र लगाएत क्षेत्रमा प्राबिधिक टोली तथा नेता तथा कार्यकर्ता सहित अबलोकन गर्ने कार्य भएको नेपाली काग्रेसका नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले बताएका छन् ।


महाकाली नदी र जगबुडा नदीको तटबन्धको अवस्था र निमार्ण गर्नु पर्ने तटबन्धको बारेमा नेपाल सरकार संग सहकार्य गरि निकट भबिश्यमा निमार्ण कार्य अघि बढाउने कार्यक्रम अनुरुप अनुगमन कार्य अघि बढाईएको नेपाली काग्रेसका नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री भट्टले बताएका छन् । केपी सरकारको गठबन्धन सरकार भएको बेलामा रोकिएको महाकाली नदी र जगबुडा नदी तटबन्ध कार्यलाई नेपाली काग्रेंसले अघि बढाउने बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रको बिकास कार्य गर्नेनै नेपाली काग्रेंस भएको हुदा नगर क्षेत्रको ठुला समस्याकोरुपमा रहेको महाकाली नदी र जगबुडा नदीमा तटबन्ध कार्यलाई एथासक्य चाडै अघि बढाई दिर्घकालिन तटबन्ध निमार्ण गर्न अनुगमन कार्यलाई अघि बढाईएको नेपाली काग्रेसका नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री भट्टको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको कारण वर्षेनी लाखौ धनमालको क्षती हुने हुदा आगामी दिनहरुमा महाकाली नदी र जगबुडा नदीमा दिर्घकालिन तटबन्ध निमार्ण तथा मर्मत कार्य नेपाली काग्र्रेंसको पहलमा गरिने नेपाली काग्रेंसले जनाएको छ् ।








