रेडक्रस सोसाईटी कञ्चनपुरको नेतृत्वका लागि उप्ररेती र पाण्डे प्यानल चुनावी मैदानमा

मन्त्रीमा तीन पटक रघुनाथ र कोषाध्यक्षमा लगातार चार पटक थिरेन्द्रचन्द्र निर्बिरोध

कञ्चनपुर : नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्य समिति कञ्चनपुरको नेतृत्वका लागि टेकराज उपे्रती र मदनराज पाण्डे विच प्रतिस्पर्धा हुने भएको छ । रेडक्रस सोसाईटी १६औँ कार्य समितिका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । जस अनुरुप उपभापतिका लागि उपे्रेती र पाण्डेविच प्रतिस्पर्धा हुने भएको छ । दुवै प्यानल शुक्रबार रातभरी मतदाता आफ्ना पक्षमा पार्नका लागि दौडधुप बनाईरहेका छन ।
नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको मन्त्री, कोषाध्यक्ष, उपमन्त्री, उपकोषाध्यक्ष सहितका विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन । मन्त्रीमा रघुनाथ भट्ट पनि लगातार तीन पटक निर्वाचित भएका छन । मन्त्रीमा भट्ट लगातार मन्त्री १४, १५ र १६औँ निर्वाचित भएका छन । कोषाध्यक्षमा लगातार चार पटक थिरेन्द्रचन्द्र भट्ट चयन भएका छन । थिरेन्द्रचन्द्र १३ औँदेखि लगातार १६औँ कार्य समितिसम्म भट्ट कोषाध्यक्षको जिम्मेबारीमा छन । कोषाध्यक्ष भट्ट लामो समयदेखि समाजिक क्षेत्रमा परिचित छन । उपमन्त्रीमा मघु बोहरा दुई पटक लगातार निर्वाचित भएकी छिन । बोहरा १५ र १६औँ कार्य समितिमा निर्वाचित भएकी छिन । उपकोषाध्यक्षमा ईश्वरी भट्ट चयन भएका छन । रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन हुँदै छ ।

ताजा समाचार

spot_img