नेपाली काग्रेंसका नेता लेखक सहित प्रबाधिक टोलीले महाकाली र जगबुडा नदीको निरिक्षण गर्ने


दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश रमेश दत्त लेखकले महाकाली नदी र जगबुडा नदीको स्थलगत निरिक्षण गर्ने भएका छन् । नेपाली काग्रेंसका बरिष्ठ नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले भोली बिहान दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ जगबुडा नदी हुदै कुतियावकर क्षेत्रको महाकाली नदी र जगबुडा नदीको दोभान क्षेत्र लगाएत महाकाली नदीको जिरो पोईन्ट महाकाली नदी क्षेत्रको प्राबिधिक टोली तथा नेता तथा कार्यकर्ता सहित निरिक्षण गर्ने कार्यक्रम रहेको नेपाली काग्रेसका नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले जानकारी दिएका छन् । महाकाली नदी र जगबुडा नदीको तटबन्धको अवस्था र निमार्ण गर्नु पर्ने तटबन्धको बारेमा नेपाल सरकार संग पहल गर्ने कार्यक्रम अनुरुप निरिक्षण गर्न लागिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको कारण वर्षेनी लाखौ धनमालको क्षती हुने हुदा आगामी दिनहरुमा महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य नेपाली काग्र्रेंसको पहलमा गरिने नेपाली काग्रेंसले जनाएको छ् ।


ताजा समाचार

spot_img