धिरेन्द्र भट्ट/कंचनपुर : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भिम रावलले सत्ता गठबन्धनमा रहेका दलहरु बिचको तालमेल संविधान बिपरित भएको बताएका छन।

शुक्रबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले यसो बताएका हुन। उनले पाँच दलिय गठबन्धनका बैठकहरु हेर्दा ति दलहरूका बिपरित सिद्धान्त हुदाहुदै तालमेल गर्ने निर्णय आफुले पाएको बताए। यसरी आम निर्वाचनमा बिपरित सिद्धांत भएका दलहरूले तालमेल गर्ने कुरा संविधानको धारा २६९ विरुद्ध भएको उनले उल्लेख गरे।

नेता रावलले गठबन्धनमा रहेका दलहरूका शीर्ष नेताहरूले संविधानको मस्यौदा तयार गर्दा उनिहरुले दलित प्रतिस्पर्धा, सिद्धांत र दर्शनको आधारमा जनताको मत माग गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्नुपर्ने बताए। उनले राजनितीमा बिकृतिको डङ्गुर भएको बताउदै काठमाडौमा लागेको फोहोरको डङ्गुर सरकारको राजनितीको फोहोरको डङ्गुरको प्रतिकात्मक स्थिती लागेको जिकिर गरे।

नेता रावलले गठबन्धन भित्र एउटा दल संघीयताको पक्षधर र अर्को विरुद्ध सिद्धांत भएका बताए। यसरी सिद्धांत र दर्शन नमिल्ने दलहरूले चुनावी तालमेल गर्दा चुनावी नारा के हुने भनी प्रश्न समेत गरे। यसले गठबन्धनको चुनावी तालमेलले सिद्धान्त, आदर्श र गन्तब्यहिन राजनिती तर्फ देशलाई धकेल्ने उनी भन्छन्। यस अघि आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलहरू बीच आगामी चुनावी तालमेल गर्ने निर्णय भएको थियो।






