बीरेन्द्र बाग /बझाङ:जिल्लाको बुङगल नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष प्रेम ओखेडा ले समग्र वार्ड को लागी महत्वपुर्ण कदम चाल्नु भएको छ । अध्यक्ष ओखेडाले उक्त वडा धपालिकी गर्भवती हुन नसकेकी पदमा ओखेडा लाई वडाको सहयोगमा बझाङ बुङ्गल देखी डडेलधुरा सम्म उद्धार गर्नु भएको छ भने आमा शिशु अहिले सकुशल रहेका छन् ।

पदमा ओखेडा वडा कै पहिलो गर्भवती सेवाग्राही समेत रहेकी छन्। बझाङ जिल्लाकै विकट क्षेत्र वुङ्गल हो भने बुङ्गल कै विकट वडा नं १० हो यातायात विद्युत नभएकै कारण यस्ता घटना भने विगत देखी घट्दै आएकाछन् कतिपय आमा-शिशुले समेत ज्यान गुमाउनु परेकोछ वडामा प्रसुती गृह भए पनि कर्मचारीको अभाव छ ।

अध्यक्ष ओखेडा अनुसा वडाको धपाली देखी बेल्टोरार सम्मका कुनै पनि महिला गर्भवती हुन नसकेका, वडाका प्रसुती गृहमा सुत्केरी हुन नसकेका, गर्भवती महिलाको अवस्था गम्भीर भएमा सल्यक्रिया गर्नु परेमा हस्पिटलको रिपोर्ट अनुसार सुविधाजन्य हस्पिटल जानुपरेमा धनगढी, डडेल्धुरा हस्पिटल सम्म एम्बुलेन्स तथा यातायातको सुविधा दिने बताएका छन्।







