प्रतिपक्षलाई बेवास्ता गरिएको छैन : प्रवक्ता

धिरेन्द्र भट्ट/कंचनपुर : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आसन्न संघ तथा प्रदेश निर्वाचनको मिति घोषण गर्दा प्रतिपक्षलाई बेवास्ता नगरिएको बताएका छन्।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले यसो बताएका हुन। उनले बिहीवार निर्वाचनको मिति घोषणा गर्नु अघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपि सर्मा ओलिलाई फोन गर्दा संवाद हुन नसकेको बताए। यसअघि निर्वाचन आयोगले सरकार समक्ष निर्वाचन निति घोषणाको निमित्त प्रस्ताव गरे अनुरुप नै बिहीवारको बैठकले निर्वाचनको मिति टुङ्गो लगाएको उनले बताए।

‘बिहीबारको क्याबिनेट बैठक सुरु हुनुभन्दा अगाडि प्रमुख प्रतिपक्षी दलको नेता केपि सर्मा ओलि लाई प्रधानमन्त्रीले फोन गर्नलाई कोसिस गर्नुभएको थियो, उनले भने, ‘त्यसमा म पनि उपस्थित छु, त्यो बेला चै संवाद हुन सकेन।’ उनले बाहिर निर्वाचन मिति घोषणा गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको हल्लामा सत्यता नभएको बताए।

यस्तै शुक्रबारको बैठकले सत्ताधारी पाँच दलबिच गठबन्धन गरेर चुनावमा जाने सहमती भएको उनले बताए। गठबन्धन संघ निर्वाचनमा मात्र नभई सहमति अनुसार प्रदेशमा समेत हुने उनले जिकिर गरे।

ताजा समाचार

spot_img