शुक्लाफाँटामा वृक्षारोपण गरि जडिबुटी दिवस मनाईयाे

शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिकामा वृक्षारोपण गरि जडिबुटी दिवस मनाएएकाे छ।वुधवार पतंन्जलि याेग समिति शुक्लाफाँटाकाे आयाेजनामा झलारिकाे वैजनाथ मन्दिर परिसरमा औषधिय गुण भएका जडिबुटी जन्य बिरुवा राेपण गरि जडिबुटी दिवस मनाईएकाे हाे।मानव शरिरलाई स्वस्थ र निराेगि राख्न आयुर्वेद जडिबुटी जन्य विरूवाकाे ठुलाे महत्त्व हुने भएकाले जडिबुटी जन्य बिरुवा राेपेर दिवस मनाईएकाे पतंन्जलि याेग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिले वताए।उनलेप्राचीन कालदेखिनै हाम्रा पुर्खा ऋषिमुनि ज्यु हरूले औषधिय गुण भएका जडिबुटी खायरनै स्वस्थ जिवनशैलि अपनायर सयाै बर्ष निराेगि भई वाँचेकाे ईतिहास साँचि रहेकाे वताए।

अध्यक्ष अवस्थिले भने बर्तमान काेराेना कहरका समयमा पनि धरेलु जडिबुटी नै खायर लाखौंले ज्यान जाेगाउन सफल भएकाे वताए।कार्यक्रम मा पतंन्जलि याेग समिति शुक्लाफाँटाका महामन्त्री केपि पाण्डेयले आयुर्वेद जडिबुटीका पिता आचार्य वालकृष्ण जिकाे जन्मदिनलाई उत्सवकाे रूपमा मनाउन यश दिनलाई जडिबुटी दिवसकाे रूपमा मनाउने अभ्यास गरिएको छ।आचार्य वालकृष्ण गुरूकाे जन्मदिनलाई विशेष पारेर जडिबुटी दिवसका रूपमा पनि नेपाल भारत लगायतका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरि मनाईने पाण्डेयले वताए।विभिन्न औषधिय गुण भएका जडिबुटी जन्य बिरुवा पत्ता लगायर मानव स्वस्थ्य लाई जाेगाउन आचार्य वालकृष्ण जिकाे याेगदान अमुल्य रहेकाे छ।

जडिबुटीका बिरुवा राेपण गरेर दिवस मनाउदा जडिबुटीका विरूवाकाेपहिचान र प्रचारप्रसार हुने संगै यसकाे उपयाेगिता वढेर परिवार र समाजलाई स्वस्थ जिवनशैलि अपनाउन सहजहाेस भन्ने हेतुले जडिबुटी दिवस मनाईएकाे महामन्त्री पाण्डेयले वताए।कार्यक्रममा पतंन्जलि याेग समिति कंचनपुरका जिल्ला सदस्य धनेश्वरि भट्ट,शुक्लाफाँटाका नगर युवा याेग प्रभारी केशवराज पनेरू,लायन्स क्लव झलारिका अध्यक्ष तेज शाह,पतंन्जलि याेग समिति शुक्लाफाँटाका वृक्षारोपण प्रभारी नर वहादुर सिंह,वडान१० का वडा सदस्य तारादत्त अवस्थि,समाजसेवी खिमान्द पाण्डेय,मिडिया प्रभारी जय वहादुर ऐर लगायतकाे उपस्थिति रहेकाे थियाे।

ताजा समाचार

spot_img