कञ्चनपुर: कञ्चनपुर बेदकोटको सार्कीपार्की टोलमा चौधर नदीका कारण विपदको उच्च जोखिममा परेको छ । उच्च जोखिममा रहेको सार्कीपार्की टोलको अवस्थामा बुझ्नका लागि बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्द सहितका सरकारी अधिकारीले स्थलगत अनुगमन गरेका छन । बिहीबार निर्वतमान मेयर चन्द सहित प्रदेश सभा सदस्य लाल बहादुर खडका, प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल सहित जिल्ला स्थित सुरक्षा निकाय सहितको सहभागिता रहेको थियो । निर्वतमान जनप्रतिनिधी सहितका सरकारी अधिकारीले उक्त स्थानमा बलियो तटबन्ध निर्माण गर्नुपर्ने छलफल गरेका छन ।

तटबन्ध गर्ने निकायले यस्ता कटानी क्षेत्रमा ध्यान दिनुपर्नेमा जोडदिएका छन । मंगलबार रातीदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण चौधर नदीको सतह बृद्धि भएसंगै सार्कीपार्टी टोल विपद्मा परेको छ । चौधर नदीको वाढीका कारण बेदकोट नगरपालिका ४ सार्की टोल उच्च जोखिममा संगै १० चतहरी गाँउ समेत जोखिमा परेका छन । उक्त गाँउमा समेत कटानी भईरहेको स्थानीय सागर सुनारले बताए । बेदकोटका स्थानीय अगुवा राजुराम सार्की(भुल)ले कृष्ण भुलको खेतर्संगै घरसम्मै नदीले कटानी गरेपछि उनको परिवार विपद्मा परेको बताए । कृष्णसंगै धनगिरी भुल, गेरे सार्की, धुव्र पार्की, मोहन भुल, हरिस भुल, सहितको खेतीयोग्य भूमि कटानी भईरहेको छ ।

‘एकातिर चौधर नदीले कटानी गरेको छ, अर्कातिर गाँउबस्तीसम्मै कटानी हुँदा स्थानीय विस्थापित भएका छन, ‘उनले भने, ‘नदी नियन्त्रणको काम नहुँदा सार्कीपार्की टोलले विपद्ी सहनुपरेको छ ।’ उनका अनुसार मंगलबार रातीदेखि चौधर नदीमा वाढी आएसंगै सार्कीपार्की टोल जोखिममा परेको छ । ‘बर्षा भयो की नदी गाँउ नै पस्छ, ‘उनले भने, ‘यो वाढी कटानीको उच्च जोखिमा रहेको ठाँउ हो, तर पनि तटबन्ध निर्माणका लागि सरकारी निकाय उदाशिन देखिन्छ ।’ नदी गाँउ नै पस्न थालेपछि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको थियो । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गण झलारीबाट सार्कीटोल पुगेको सशस्त्र प्रहरीको टोली कटानीको उच्च जोखिममा रहेका कृष्ण भुलको घरगोठलाई सुरक्षित स्थानतर्फ सारेको थियो ।







