रेडियन्ट सेकेन्डरी स्कुलमा बृक्षारोपण सम्पन्न

माला भटट \ कन्चनपुर : कन्चरपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न १५ मा रहेको एक बिद्यालयमा बृक्षारोपण गरिएको छ । बुुधबार रेडियन्ट सेकेन्डरी स्कुलका कक्षा सातमा अध्ययनरत बिद्यार्थीहरुले बिद्यालय हाता भीत्र बिभीन्न किसीमका फलफुलका बिरुवा रोपीएको जनाइएको छ ।सो बिद्यालयका ९ जना छात्रा र सात जना छात्राले आ आफनो घरबाट फलफूल का बिरुवा लिएर बृक्षारोपण गरेका हुन ।

बिद्यार्थीहरु ले ब्यक्तिगत, घरायसी तथा बातावरणीय सरसफाईमा ध्यान दिनुका साथै आफुले जानेका कुराहरु अरुलाई पनि सिकाउने र ब्यवहारमा प्रयोग गर्न थालेको पनि बताइएको छ अब बिद्यालयमा कुहिने र नकुहिने फोहोरको उचित बिसर्जनको लागी २ ओटा ब्यवस्थित खाल्डो निर्माण गर्ने पनि उनीहरुले बताएका छन । विद्यालयमा स्थानिय स्रोत साधनको प्रयोग परिचालन गर्ने सके विद्यालय सुधारमा ठुलो टेवा पुग्ने सो बिद्यालयमा कक्षा सातमा अध्ययनरत छात्रा जानकी धामीले बताउनुभयो । । केही पनि बिकासको कार्य आफै बाट सुरुवात गनु्ैपर्ने बिद्यार्थीहरुर्लेे बताएका छन ।

ताजा समाचार

spot_img