
दोधारा । किसानहरुलाई उत्पादनमा उत्प्रेरित तथा उत्पादित बस्तुको बजारिकरणको बारेमा छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ र ८ को सयुक्त वडा कार्यालयमा आज किसानहरुलाई उत्पादनमा उत्प्रेरित तथा उत्पादित बस्तुको बजारिकरणको बारेमा छलफल गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । छलफलमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ८ का वडाध्यक्ष ओंमप्रकाश रोकाया, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, प्राबिधिक गणेश ठगुन्ना, कार्यक्रम अधिकृत प्रभुनिधी पन्त लगाएतको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको कमलशा बजार ब्यवस्थापन तथा किसानहरुबाट उत्पादित बस्तुको बजारिकरणको अवस्थाको बारेमा कार्यक्रममा छलफल गरिएको थियो । कृषि क्षेत्रको विकास र किसानलाई व्यवसायीय उत्पादनमा उत्प्रेरित गर्ने थप खालको कार्यक्रम संचालन गर्न सके स्थानिय किसानहरुको जिवन शैलीमा परिवर्तन हुने दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताएका छन् । वडा कार्यालयबाट स्थानिय किसानहरु जिवन शैली उकास्ने कार्यक्रम संचालन गर्दै आएपनि गैरसरकारी संस्था तथा स्थानिय किसानहरुको साँझा सहयोगले उत्पादनमा उत्प्रेरित तथा उत्पादित बस्तुको बजारिकरण गर्न सहज हुने बिश्वास लिएका छन् । कृषि उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउन स्थानिय स्तरमा थप छलफल चलाउनु पर्ने आवश्यक रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार बताएका छन् । किसानलाई उत्पादन बढाउन, कृषिमा आकर्षित गर्न, व्यवसायीय खेतीमा लाग्न विभिन्न अनुदान, पुरष्कार र सहुलियतको व्यवस्था गर्न सके समृद्धि बढ्ने छलफलमा बताईएको छ् ।







