कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी एव सदस्यले सपथ तथा पदभार ग्रहण गरेका छन । वाणिज्य संघको १७औँ कार्यकारणी समितिको बुधबार एक कार्यक्रमका विच सपथ तथा पदभार ग्रहण गरेका छन । वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले नव निर्वाचित अध्यक्ष पिताम्बर जोशीले सपथ ग्रहण गराएका थिए । अध्यक्ष जोशीले अन्य पदाधिकारी एव सदस्यलार्ई पदभार ग्रहण गराएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जथोशीले जिल्लाको औद्योगिक व्यवसायिक क्षेत्रको विकास र सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष जोशीले उद्योगमन्त्री बडू समक्ष जिल्लाको औद्योगिक, आर्थिक क्षेत्रको विकासमा ध्यान दिन आब्हान गनुभयो । ईण्डो औद्योगिक मेलादेखि अन्य विभिन्न औद्योगिक क्षेत्रको विकास गरिने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रशाद बडूको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रमको संचालन महासचिव खगेश्वर बोहराले संचालन गरेका थिए ।

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय, प्रदेश सरकारका मन्त्री संसद, स्थानीय तहका प्रतिनिधी , वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।







