भीनपा–३ मा स्वाबलम्बि अपाङ्गता कृषक समूह गठन

कञ्चनपुर : अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मौका दिए केही गर्न सक्छन् भने मनसायले भीनपा–३ मा भीमदत्तनगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुले स्वाबलम्बि अपाङ्गता कृषक समूह गठन गरेका छन् । ‘जसले गर्दा राष्ट्रलाई अपाङ्गता भएका व्यक्ति पनि कोई भन्दा कम छैनन् मौका पाए उनीहरु पनि सपाङ्ग जस्तै कार्य गर्न सक्दछन् भन्ने उद्देश्यले आफुहरु लागेको’ दिर्घ कुमार स्वारले बताउनु भयो । कार्यक्रममा बोल्दै भीनपा–३ का वडा अध्यक्ष गगन सिह धामीले ‘आफु सानै देखि अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा बोल्ने र सहयोग गर्दै आएको र सधैं गरी रहने’ बताए । अपाङ्गता भएका व्यक्तिहरुको वृद्धि विकासका लागि आफुले रु. १ लाख नगरपालिकाको रातो किताबमा पनि छुट्याएको बताउनु भयो । त्यसगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक तथा कार्यालय प्रमुख डा.पान सिह ठगुन्नाले यस आर्थिक वर्षमा प्रदेशको बजेट बाट दुई समुहलाई बाख्रा र कुखुरा पालनको लागि रु.४/४ लाखको हिसाबले रु. ८ लाखको बजेट छुट्याईको बताउनु भयो ।

No description available.

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार भीमदत्त नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने अपाङ्गता भएका ब्यक्तिहरूको भेलाले भीमदत्त नगरपालिका वडा नं।३का वडा अध्यक्ष गगन सिह धामीको अध्यक्षतामा १७ सदस्यीय स्वाबलम्बि अपाङ्गता कृषक समूह गठन गरेको छ।अध्यक्ष सुन्नरा देबी साउद, उपाध्यक्ष प्रकाश बिष्ट, सचिब योगेन्द्र बहादुर खड्का सहसचिब सीता नगारी, कोषाध्यक्ष धनश्याम ओझा रहेका छन भने सदस्यमा बलराम धामी, हरि कँुवर, बिनु साउद, विरपल बोहरा, गंगादत्त भट्ट, कृष्ण सिह महरा,जानकी बोहरा, राम ब। राना क्षेत्री, सुमित्रा बोहरा, मनोज महरा, नरेन्द्र बोहरा, दिर्घ कुमार स्वार रहेका छन् ।

No description available.

ताजा समाचार

spot_img