मकैमा फौजी किराको प्रकोपले दोधारा चाँदनीका किसान चिन्तित


दोधारा । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि दोधारा चाँदनी नगरपालिकाका किसान चिन्तित भएका छन् । अमेरिकन फौजी किराको प्रकोप देखिएपछि मकैका बोटहरु सखाफ हुन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका अधिकांश वडाहरुमा किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयले जनाएको छ् । मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो । फौजी किराले मकै सखाप गर्न थालेको स्थानियबासी तमान सिंह गुरुङ्गले बताएका छन् । ‘झण्डै २ फिट अग्लो मकैलाई किराले सखाप गर्दै आएको छ्, यहाँका सबै जसो किसानको मकै खेतीमा फौजी किराको प्रकोप देखिएको छ् ।’ स्थानियबासी तमान सिंह गुरुङ्गले भने । स्थानीय किसान खेम बहादुर थापाका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु समेत नष्ट गरेको छ । खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकै बालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ । ‘प्रत्येक बोट भित्र किरा छन् । गुबो र पात खाईदिएका छन्,’ स्थानिय लक्ष्मी चन्दले भने, ‘बोटहरु बढ्ने अवस्थामा छैनन् । गोड्ने भएका मकै हेर्नलायक छैनन् । किराले सबै सखाप पारिसक्यो ।’ सबैतिर फैलिएकाले किरा नियन्त्रणमा समस्या भएको किसानले बताए । ‘किरा यसरी फैलियो भने त अहिले मकै खान पाईएला जस्तो छैन,’ स्थानिय किसानहरु भन्छन् । दिनभर लुक्ने र रात परेपछि किराले मकैको घोगा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा धेरै बाली नष्ट गर्दै आएको छ् । किराले मकैको पातमा पसेर गाभो समेत खाने गरेको छ् ।

 


ताजा समाचार

spot_img