सहिद भीमदत्त पन्तको ६९ औँ स्मृति दिवस

कञ्चनपुर : किसान नेता सहिद भीमदत्त पन्तको कञ्चनपुरमा स्मृति दिवस मनाईएको छ । मंगलबार अमर सहिद भीमदत्त पन्त प्रतिष्ठान र सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले छुट्टाछुट्टै कार्यक्रम राखेर सहिद भीमदत्त पन्तको ६९ औँ स्मृति दिवस मनाएका हुन । अमर सहिद भीमदत्त पन्त प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले सहिदको स्मृतिमा दिवस मनाएको बताए ।

अध्यक्ष सुवेदीले शहिदको स्मृतिमा पार्कभित्र रहेको सालिकमा माल्र्यापण गरेरदिवस मनाएको बताए । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले सच्चा सहिदप्रतिसम्मानका लागि स्मृति दिवस मनाएको बताए । उनले भीमदत्त नगरपालिकाले स्मृति दिवस मनाउन आनाकानी गरेको दुखेसो पोखे ।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभासदस्य महेश दत्त जोशीले सच्चा सहिद प्रति ह्दयदेखि नै सम्मान गर्दै सोही अनुरुप अघि बढ्नुपर्नेमा जोडदिए । कार्यक्रममा भीमदत्त नगरका निर्वतमान मेयर सुरेन्द्र विष्ट, अमर सहिद भीमदत्त पन्त प्रतिष्ठानका निर्वतमान अध्यक्ष हरि प्रशाद जोशी सहित दुवै प्रतिष्ठानका पदाधिकारी, सदस्यको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img