कञ्चनपुर: नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले प्रदेश सरकारलाई विभिन्न ८ बुँदे माग पत्र बुझाएको बताए ।

मंगलबार समाजिक विकासमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारी सुुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले बताए । प्रदेश सरकारले कम्तिमा २० प्रतिशत बजेट दिनुपर्नेदेखि गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउनुपर्ने सहितका माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ ।







