किसान नेता भीमदत्त पन्त, तुलसी लाल आमत्य र बलदेव राम स्मृति दिवश मनाईयो

कञ्चनपुर : राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, कञ्चनपुरको आयोजनामा ३६ वटा गाउँभूमिअधिकार मञ्चले कञ्चनपुरमा किसान नेता भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको तस्बीरमा फुलटिका लगाई माल्यापर्ण गरि श्रद्धाञ्जली दिई र उहाको सम्झनामा फलफुल, आप, कागती, अम्बा, डाले घाँस, बकैना, लिप्टीस लगायतका बोट वि?वा बृक्षरोपण गरी,उनिह?को जिवनी पढेर, सुनेर स्मृति दिवश मनाईएको छ । साथै नेपालका ६० जिल्लामा मञ्चको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृतिदिवश मनाईएको छ । उक्त कार्यक्रममा भूमिअधिकार मञ्चमा आबद्ध अगुवा, सदस्य, पदाधिकारी, सरोकारवाला निकाय, जनप्रतिनिधि, राजनितिकदल, सामाजिक अभियान्ता, समाजसेबी लगायतको सहभागिता रहेको थियो ।
जीवनका धेरै कुराह? अनिश्चित छन्, तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुन्जेल कस्तो कर्म गर्यो भन्ने कुराले खास अर्थ राख्दछ । आफ्नो जीवनभर किसानह?को अधिकारका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको मृत्युको मिति मिलेको छ । किसान हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामलाई साउन १७ गते बार्षिक तिथिमा उनीह?लाई प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।
सुदुरपरिश्चममा सामन्त बि?द्ध ‘कित जोत हलो, कित छोड थलो, हैन भने अब छैन भलो’ क्रान्तिकारी नारासहितको किसान आन्दोलनको नेतृत्व भीमदत्त पन्तले गरेका थिए । जाली तमसुक च्यात्ने, जमिन्दारको भकारी फोर्ने, ‘रे नै जी कहो’ आन्दोलनमा तुलसीलाल अमात्यले महत्वपूर्ण भूमिका खेलेका थिए । २०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको पहिलो सम्मेलनबाट बलदेव राम संस्थापक अध्यक्ष भएर भूमि तथा कृषि अधिकार आन्दोलनलाई देशभर फैलाउने,सिराहा र सप्तरीमा दलितमध्येको चमार समुदायले बाध्य भएर सिनो बहिष्कार आन्दोलन गरेका थिए ।
भूमिअधिकार मञ्च कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर बानिया भन्नुहुन्छ – “किसान नेताको सच्चा सम्मान गरेको तवमानिने छ, जवउनले उठाएको मुद्दा सम्बोधनहुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, हलिया, मुक्तकमैया आरक्षपीडित, ऐलानी बासी, र किसानले जग्गा र जग्गाको अधिका रपाउनेछन । पछिडिएका जाती, समुदायले न्याय पाउने छन । गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीम दत्त पन्तलाई सम्मान गर्नु हो । ”
अधिकार प्राप्तीको अभियान रोकिएको ,सकिएको छैन, अभियान सकिने बिषय पनि होईन । यो निरन्तर छ त्यसैले अधिकार प्राप्तीको लडाईमा संगठित अगुवा कार्यकर्ताले किसान आन्दोलका अगुवाह?का आदर्श र आस्थाका धरोहर भिम दत्तपन्त, बलदेव राम र तुलसीलाल आमत्य जस्ता असल अगुवाह?ले देखाउनु भएको बाटोको अनुसरण गर्नुपर्ने नेपालको समग्र भूमि, कृषि र गरिवी वि?द्धको आन्दोलन सहित जिवन सुधारको अभियानमा संगठित सबैले हुनुपर्ने आवश्यकता छ भन्ने कुरामा जोड दिनुहुन्छ – प्रदेश सचिव रामबहादुर चुनारा
उनीह?ले भूमितथा कृषि, गरिब किसानका अधिकार प्राप्तीका लागी आन्दोलनमा खेलेका महत्वपूर्ण योगदानलाई उजागर गर्न,े सम्झिनर सम्मान गर्न, उहाप्रतिको आस्थाकायम राख्न र उनले किसानको पक्षमा गरेको कामलाई बहसमाल्याउन, समाजमा हाल बिद्यमान समस्याहल गर्न, गराउन, प्रकृतीको संरक्षण र त्यसको उपयोग गरी सबैलाई गरिखान सक्न बनाउन संविधान अन्र्तगत रहेका व्यवस्था तथा नेपाल सरकारका निती, ऐन, कानुन कार्यान्वयन गर्न÷गराउन प्रत्येक बर्षको साउन १७गते नियमित ?पमा २०६४ साल देखी राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, कञ्चनपुरको आयोजनामा स्मिृती दिवस मनाउने गरेको छ ।

ताजा समाचार

spot_img