मलखाद व्यवसायी संघ नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट


दोधारा । मलखाद ब्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा गोबिन्द भट्ट चयन भएका छन् । मलखाद ब्यवसायी संघ कञ्चनपुरको आज बसेको पहिलो साधारण सभाले गोबिन्द भट्टलाई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन गरेको हो । मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य पुष्पराज भट्टको सभापतित्व संचालित मलखाद ब्यवसायी संघ कञ्चनपुरको आज बसेको पहिलो साधारण सभाले अध्यक्ष पदमा गोविन्द भट्ट (दोधारा चाँदनी नगरपालिका), उपाध्यक्षमा पुष्पा भट्ट (भिमदत्त नगरपालिका), सचिवमा सन्तोष सिंह (शुक्लाफाँटा नगरपालिका झलारी), सह–सचिवमा ईन्द्र राज भट्ट (बेदकोट नगरपालिका), कोषाध्यक्षमा निरन्जना बोहरा (भिमदत्त नगरपालिका), सदस्य पदमा सन्तोष भट्ट (शुक्लाफाँटा नगरपालिका), रविलाल चौधरी (बेल्डाँडी गाँउपालिका ), रमेश चौधरी (बेलौरी नगरपालिका), यज्ञराज चौधरी (कृष्णपुर नगरपालिका) चयन गरेको मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य पुष्पराज भट्टले जानकारी दिएका छन् ।

मलखाद व्यवसायी संघका केन्द्रीय सदस्य पुष्पराज भट्टले मलको आपुर्ती र विद्यमान अवस्थाको बारेमा प्रकाश पार्दै छरिएर रहेका मलखाद व्यवसायीलाई एकजुट बनाउर संस्थागत रुपमा बनाउने तर्फ जानु पर्ने कुरा राखेका थियो । कार्यक्रममा नेपाल कृषी प्राबिधीक एसोसिएसन (नाटा) सुदूरपश्चिम प्रदेश कार्य समिति संयोजक कमलापति भट्ट लगाएतका कञ्चनपुर जिल्ला भरि छरिएर रहेका १७ ओटा मलखाद व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img