दोधारा । दोधारा चाँदनी नगरपालिकामा छाडा पशुचौपायाले स्थानिय किसानहरुको खेतीपाती खाएर नष्ट गर्न थालेपछि नियन्त्रणको लागी नगरपालिकाले सामुदायिक बनहरुमा काँञ्जी खोर निमार्ण गरि छाडा चौपाया राख्न थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुन्ज कार्यालयले आपत्ती जनाउदै सामुदायिक बनहरुलाई छाडा पशुचौपाया ब्यवस्थापनको लागी प्रयोजन नगर्न भनेको छ् । सामुदायिक वनहरु जुन प्रयोजनको लागि हस्तान्तरण गरिएको हो, सो भन्दा बाहिर गई मध्यवर्ती सामुदायिक बनको विधान, कार्य योजना विपरित कार्य नगर्न, नगराउन हुन् मध्यवर्ती सामुदायिक वनहरुले आफ्नो विधान, कार्य योजना विपरित कार्य वा कानुन बर्खिलाप काम नगर्न दोस्रो पटक सामुदायिक बनहरुलाई पत्राचार गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा छाडा पशुचौपाया नियन्त्रणको लागी खाली जग्गा नभएको कारण नगरपालिकाले सामुदायिक बनहरुमा काँञ्जी खोर निमार्ण गरि छाडा पशुचौपायालाई राख्दै गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुन्जले आपत्ती प्रकट गरि सामुदायिक बनको बिद्यान तथा कार्य योजना बिपरित भनेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले मध्यवर्ती क्षेत्र घोषणाले नगरपालिका क्षेत्रमा थुप्रै बिकास निमार्ण कार्यमा अबरोध गर्दै आएको जनाउदै आफ्नो बुझाईमा मध्यवर्ती आजको आवश्यकता हो की होईन भन्ने विषयमा अब बहस चल्नु पर्ने बताएका छन् । छाडा पशुचौपाया ब्यवस्थापन मात्रै नभई महाकाली नदीमा तटबन्ध निमार्ण कार्यमा समेत बफरजोन अबरोध भईरहेको सामाजिक संजालमा लेखेका छन् । ‘बफरजोनको दोस्रो पत्र । स्थानिय स्तरबाटै बारम्बार वार्डेन कार्यालयमा छाडाचौपाया सामुदायिक वनबाट हटाईदिनु पर्यो भनी फोन गएको कारणले यस्तो पत्र पठाउन वार्डन कार्यालय वाध्य भएको हो भन्ने स्थानिय जनता तथा वन समितिकै बुझाई रहेको छ् । यसै विषयलाई लिएर आज छलफल तथा हस्ताक्षर कार्यक्रम दोधारा चाँदनी नगरपालिका वडा नं. २ को वन समितिले राखेको जानकारी गराउदछु ।


चैतको महिना रु. ३ करोड ८५ लाखको तटबन्द (बन्दा) को ठेक्काको काम नदीबाट गिट्टी, ढुंगा र बालुवा निकाल्न नदिदा ठेक्काको काम हुन सकेन् । बांधको उचाई कम छ् । यस पटक पनि पोहर सालको जसरी बाढी डुबान नहोला भन्न सकिदैन् । हाम्रो नगरपालिकाको बजेटबाट वर्षेनी सामुदायीक बनको तारबार गर्न मेचिंग फन्डको नाममा बजेट खर्च हुन्छ् । तर हिसाब किताब कसैलाई थाहा हुदैन् । आज दुई महिनाको लागि अस्थाईरुपमा रातीको लागि मात्र तारबार गरेर छाडा चौपाया राख्दा पनि बारम्बार पत्राचार गरेर समितीका साथीहरुलाई स्पष्टीकरण माँगेर सताउने काम भईराखेको छ् । अब जनताले बोल्ने समय आएको छ् कि, छाडाचौपायालाई रातीको लागि मात्र भए पनि थुनेर राख्ने की नराख्ने ? थुनेर राखेको मन नपरेको भए त्यो पनि भन्दिनु पर्यो । नगरपालीकाले विकासको काम काटेर त्यसैमा बजेट खर्च गरेर छाडाचौपाया व्यवस्थापन गर्ने भन्छन् भने, त्यो पनि हामी गर्न तयार छौ र गर्न पनि सक्छौ । मेरो बुझाईमा बफरजोन आजको आवस्यकता हो की होईन भन्ने विषयमा अब बहस चल्नु पर्छ । वनको महत्व सबैले बुझेका छन् । वन जोगाउनु पर्छ् सबैलाई थाहा छ् । तर वन जोगाउने नाममा विकासको काम रोकिनु कती जायज हो ? त्यो कुरा पनि बुझ्नु जरुरी छ् । वन मानिसले वनाउने चिज हो भने मानिसलाई चाहीने विकास भन्दा वन ठूलो कुरा हुनै सक्दैन् । आवश्कताको आधारमा मानिसले वन आफै निर्माण गर्ने गर्दछ् । कृपया सबैको विचार आवस्’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।








