दोधारा । रगत अभावको पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अर्को विकल्प अहिले सम्म पत्ता लागेको छैन् । रगत चाहिएमा रक्त समूह मिल्ने अर्को व्यक्तिको शरीरबाट निकालेर दिनुपर्छ् । रगत दान नगर्दैमा शरीरमा धेरै रगत हुदैन, न त दान गरेर यो सकिन्छ् । एक पटकमा ३ सय ५० मिलि लिटर रगत दान गर्न पाईन्छ् । त्यो रगत ३–४ साता सम्म सुरक्षित राख्न सकिन्छ् । आवश्यक परेको व्यक्तिले लैजान्छन् । रक्तदाताको शरीरलाई कुनै हानी हुदैन् । रक्तदानको २४ घण्टा भित्र शरीरको तरल भागले दान गरेको रगतको परिपूर्ति गरिसक्छ् । रगत दानबाट कसैको ज्यान जोगिन्छ् वा उसले नयाँ जीवन पाउछ भने किन नदिने ? अहिले पनि समाजमा रगत दिदा कमजोर भईन्छ भन्ने भ्रम छ् । युवा, त्यसमा पनि शिक्षित वर्ग त्यस्तो भ्रम पालेर बसेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारा भवनको माथिल्लो तल्लामा आयोजित एक कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव प्राबिधिक हर्क बहादुर कुँवरले यस्तो जानकारी दिईरहेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतको पहलमा नगर क्षेत्रमा रगतको अभावलाई मध्यनजर राख्र्दै रक्त दाता समुह (ब्लड बैक) स्थापना गरिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भईपरि हुने दुर्घटना वा इमरजेन्सी सुत्केरी महिलालाई रगतको अभाव हुन नदिन नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अध्यक्षको पहलमा रक्तदाता समुह स्थापना गरिएको हो । कार्यक्रममा रक्तदाता युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


रक्तदाताहरुको सम्पुर्ण बिबरण तथा फोन नम्वर राख्ने र कसैलाई रगतको आवश्यता भएकोमा मिल्ने रगत समुहका ब्यक्तीलाई फोन गरि तुरुन्तै खबर गरि रगत उपलब्ध गराउने ब्यवस्था गर्ने प्राथमिक स्वास्थ्य केन्द्रले तयारी गरेको छ् । आजको रक्तदाता समुहमा २ सय भन्दा बढी युवा तथा युवतीहरु सहभागी भएका छन् । नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष बस्नेतले ब्लड बैंक स्थापना गर्न गरेका पहल प्रति स्थानियहरुले खुशी प्रकट गरेका छन् । अबका दिनहरुमा बिरामी तथा घाईतेहरुलाई सहजै ढंगबाट रगत उपलब्ध हुने बिश्वास गरिएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर शुशिल जोशी, डाक्टर मो. आशिश मंसुर, ल्याव टेक्नीसियन हर्क बहादुर कुँवर, दोधारा चाँदनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, नगरपालिका कार्यालयका नायक सुब्बा आनन्द प्रशाद भट्ट लगाएत रक्तदाता युवा तथा युवतीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।







