भीमदत्त नगरपालिकाको मिनी मार्केट झिमझिमे पानीले पनि डुवानमा

ठेला व्यवसायी हारगुहार माग्दै, दैनिक पचास रुपया कर उठाउने भीमदत्त नगरपालिकाको ध्यान गएन

डीवी बोहरा/महेन्द्रनगर : भीमदत्त नगरपालिको मुटुमा रहेको मिनिमार्केट यानीकी सस्तो लुगा कपडा पाईने बजार झिमझिमे पानी पर्दा समेत डुवानमा परेको छ । शनिबारको झिमझिमे पानीले मिनिमार्केट डुवानमा परेको हो । उक्त मार्केट स्थल बिहीबार परेको पानीले समेत डुवानमा परेको मिनिमार्केट व्यवस्थापन समितिका अध्यक्ष गंगादत्त भट्टले बताए । जसका कारण आफुहरु समस्यामा परेको उनले बताए । ‘सानो झरीपर्दा समेत बजार डुवान हुने समस्या रहेको छ’, अध्यक्ष भट्टले भने ‘आजको पानी त अलि ठुलो नै थियो, यसले व्यवसायीहरुलाई व्यपार व्यवसाय गर्न समस्या भएको छ ।’

डुवानका कारण व्यपार व्यवसाय गर्न नसकिएको व्यवसायीहरु ले गुनासो पोखेका छन् । डुवानका कारण ठेलामा बिक्रि गर्न राखेका कपडाहरु एक पिस समेत विक्रि गर्न नसकिएको लामो समयदेखि कपडाको व्यवसाय गर्दै आईरहेका रमेश पन्थीले बताए । ‘डुवानका कारण यी हेर्नुन सामानहरु ठेलामा पोको पारेर राखेका छौ,’ उनले भने ‘हामीलाई ठेलामा बस्न अप्ठारो भएको छ भने कपडा किन्ने ग्राहक कसरी आउलान र ? अनि के व्यपार हुने हो ?’ त्यैसैगरी अर्का ठेला व्यवासयी शेखर पन्तले पनि उही व्यथा सुनाए । ‘हातमुख जोर्ने पेसा नै बन्द गरेर बस्दा आफुहरु समस्या परेका छौ,’ ठेला व्यवसायी पन्तले भने । लामो समयदेखि ठेला व्यवसाय गर्दै आईरहेका हेमराज पन्थीले मिनिमार्केटमा डुवानको मात्रै समस्या नभएर शौचालय र पिउने पानीको समेत समस्या रहेको बताएर्दै उक्त समस्या समाधान गरिदिन भीमदत्त नगरपालिकाको सरकारसंग आग्रह गरे । ‘मिनीमार्केट सानो पानीपर्दासमेत डुवानमा पर्छ,’ उनले भने ‘जसका कारण हामी व्यबसायी समस्यामा परेका छौ ।’ मीनीमार्केट व्यवस्थापन समितिका अध्यक्षले आफुहरुको उक्त समस्याको दिर्घकालिन समाधान गरिदिन भीमदत्त नगरपालिकालाई गुहारेका छन ।

‘हामीहरुको समस्या नगरपालिकाले बुझिदिनुपर्छ, नगरपालिकाले धेरै गर्नुपर्दैन यहा ग्राभेल गरिलिए पनि डुवानको समस्या समाधान हुन्छ,’ अध्यक्ष भट्टले भने ‘तर पनि नगरपालिकाले कानमा तेल हालेर बसेको छ, अस्ती डोजर आएर उ त्यो ठाँउमा खनेरमात्रै गएको छ, तर त्यो दिर्घकालिन समाधान होईन, फेरी आज डुवानमा परेको छ ।’ मिनि मार्केटमा डुवानको समस्याको साथ साथै पिउने पानी र सौचालयको समस्या रहेको अध्यक्ष भट्टले बताए । उनले मिनिमार्केमा खानेपानीको र एउटा सौचालयको व्यवास्थापन गरिदिन समेत माग गरेका छन् । पुरानो बसपार्कमा रहेको उक्त मार्केक गत फागुन ९ गते नगरपालिकाले मदनचोकस्थीत खुलामञ्चको दक्षिणमा नगरपालिकाको खालि जमिनमा स्थानान्तरण गरिएको थियो । पुरानो बसपार्कमा धमाधम घर निर्माण भएपछि व्यवसायीहरुलाई हरुलाई घरधनीहरुले उक्त ठाँउमा व्यपारव्यवसायमा अवरोध गरेका थिए । भीमदत्त नगरपालिकाले ठेला व्यवसायीहरुबाट नियमावली बनाएर दैनिकरुपमा ५० रुपया कर उठाउदै आईरहेको छ ।

ताजा समाचार

spot_img