कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुर बेलडाँडीका युवा नेता निश्चत जोशीले आफ्नो जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गरेका छन ।
काँग्रेस युवा नेता जोशीले बिहीबार आफ्नो जन्मदिनको अवसरमा बेलडाँडी गाँउपालिका २का स्थानीय जेष्ठ नागरिकलाई सम्मान गरेका हुन ।
समाजिक क्षेत्रमा समेत काम गर्दै आएका जोशीले जन्मदिनको अवसरमा आफ्ना अभिभावक मार्ग निर्देशक भन्दै जेष्ठ नागरिकलाई दोसल्ला आदा सहित ओढाएर सम्मान गरेका छन । कार्यक्रममा कञ्चन आधारभूत विद्यालयका पुर्व अध्यक्ष चन्द्री लाबड सहितका जेष्ठ नागरिक समाजिक अगुवालाई सम्मान गरिएको छ । कार्यक्रममा जोशीका आमा एव काँग्ेस नेतृ राधिका जोशी, काँग्रेस नेताहरु दिवान सिह विष्ट, गोपी प्रशाद उपाध्याय सहितको सहभागिता रहेको थियो । जेष्ठ नागरिक एव काँग्ेस नेताहरुले जोशीलार्ई बधाई समेत दिएका छन । काँगेस कयैन युवा नेता कार्यकर्ता जन्मदिनमा मदिराको पाटी सहित अन्य काममा फजुल खर्च गर्ने भएपनि जोशीले जन्मदिनमा जेष्ठ नागरिक जसले समाजिक क्षेत्रमा काम गरे उनैलाई सम्मान गरेको मनोबल बृद्धि गरेको भन्दै जोशीप्रति आभार प्रकट गरेका छन ।







