कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर महरा वन पर्यांवरण एव वन्यजन्तु संरक्षणका काममा पहिल्यैदेखि जुटेकै छन । अहिले पनि जुटिरहेको पाईएकै छ ।

गयराती पनि शुक्लाफाँटा नगरपालिका १० दुर्गासिह ऐरीको माछा पोखरीमा पसेको गोहीको वडाध्यक्ष महरा सहितको स्थानीयले उद्दार गरेका छन । दिउँसो वडाको काममा व्यस्थ रहेका वडाध्यक्ष महरा, राती अर्को वडाका किसानको पोखरीमा गोही पसेको थाहा पाएपछि उनी पोखरीमा पसेको गोहीकोउद्दार गर्न गएका थिए ।

उद्दार गरिएको गोही वन कर्मचारीका जिम्मा लगाईएको छ ।







