एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउँछौँ : उपाध्यक्ष ज्ञवाली

कञ्चनपुर: नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउने बताउनुभएको छ । बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले एमाले सरकार बने कालापानीबाट भारतीय सेना हटाउने बताउनुभएको हो ।‘चीनसंग सन १९६२मा युद्धहुँदा भारतीय सेना नेपालको भूमि कालापानीमा सेन्टरका लागि बसेको थियो, अहिलेसम्म पनि सबेको बस्यैँ, रह्यो, ‘उनले भने, ‘अहिलेको परमादेशी सरकारले हटाउने कुनै भएन, अब एमाले सरकार बनेपछि हटाउँछौँ ।’

भारतीयले कब्जा गरेर राखेको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित समेटेर एमाले नेतृत्वको सरकार नक्सा जारी गरेको बताउँदै अन्य सरकारले यति राष्ट्रवादी काम गर्न नसकेको बताए । उपाध्यक्ष ज्ञवालीले नागरिकता विधेयकले फिजिकरण बनाउन खोजेको बताए । उनले काँग्रेसले एमाले हराउनका लागि बैठक गरेरै भावि चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको बताउँदै एमाले एक्लै चुनाव लड्ने घोषणा गरे । ‘एमालेसंग त्यो सार्मथ्य छ, हामी एक्लाएक्लै चुनाव लड्न तयार छौँ, ‘उनले भने, ‘हामी गठबन्धन गरेको जाँदैनौँ ।’

स्थानीय चुनावमा धाँधली र पैशा बाँड्ने काम भएको भन्दै उपाध्यक्ष ज्ञवालीले प्रदेश र प्रतिनिधी सभा सदस्य चुनावमा त्यस्तो हुन नदिने बताए । उपाध्यक्ष ज्ञवाली एमाले कञ्चनपुरका नेता कार्यकर्तालाई प्रशिक्षणदिन कञ्चनपुर आएका थिए ।

ताजा समाचार

spot_img