बहुमत क्रान्तिकारीले सुप प्रदेश शैक्षिक क्षेत्रका विकृती बिरुद्धमा अभियान संचालन गर्ने

कञ्चनपुर : नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले सुदुरपश्चिम प्रदेशको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न र शिक्षा क्षेत्रको आमूल रुपान्तरणका गर्ने जनाएको छ । क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न योजना अघि सारेको छ । बहुमत क्रान्तिकारीले अघि सारेका योजनाहरु तपशिल अनुरुप रहेका छन ।

१) विद्यार्थी सङ्ग सङ्गैू भन्ने मुल नारा सहित सुदुरपश्चिम प्रदेश का जिल्लाहरुमा दुई महिना विद्यार्थीहरुका बीचमा प्रज्वल सङ्गठन सुदृढीकरणू अभियान संचालन गरिनेछ। यस अभियानमा जोडिन सम्पूर्ण आम विद्यार्थी मित्रहरूमा अपिल गर्दछौं।

२) सरकारी विद्यालयहरुमा लगाईको शुल्क,खेताला शिक्षकको विगबिगी,शिक्षकहरुको लापरबाही र मनोमानी, विद्यालयको भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचार,शिक्षा क्षेत्र सङ्ग जोडिएको सार्वजनिक सम्पत्तिको दुरुपयोग र अन्य विभिन्न बेथितिका विरुद्धमा संघर्ष गरिनेछ।

३) निजि विद्यालयहरुले लिईरहेको चर्को शुल्क,तोकिएको छात्रवृत्ति नदिने समस्या र शिक्षा ऐन नितिनियम विपरीत मनोमानी तवरले संचालन भैरहेका विद्यालयहरु का विरुद्धमा संघर्ष गरिनेछ।

४) सु.प.विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा,परीक्षा नियन्त्रण कार्यालय सङ्ग सम्बन्धित समस्या र विश्वविद्यालयमा भएका सम्पुर्ण बेथितिहरुका विरुद्धमा संघर्ष संचालन गरिनेछ।

५) प्रस्तावित गेटा मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय बनाउन राज्य सङ्ग जोडदार माग गर्दछौं।

६) यातायातमा भाडादरमा विद्यार्थीहरुले पाउनु पर्न ४५५ सहुलियतका कार्यान्वयन गर्न सम्बन्धित निकाय र राज्य सङ्ग माग गर्दछौं।

७) सु.प.प्रदेशमा भएका सम्पुर्ण सामाजिक विकृती विसङ्गतिहरु जस्तैस्(जातिय विभेद,महिला हिंसा, जाडरक्सी-जुवातास,लागूऔषध दुर्व्यसनीका विरुद्ध संघर्ष संचालन गरिनेछ।

८) सु.प.प्रदेशका पहाडी जिल्लाहरुको स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्यकर्मी पठाउन राज्यको गम्भीर ध्यानाकर्षण गराउदछौ।

ताजा समाचार

spot_img