स्मल स्मार्ट नेपालद्धारा दलित असाहय बिद्यार्थीहरुलाई विद्यालय झोला वितरण

महेन्द्रनगर : भीमदत्त नगर पालिका ७ हल्दुखालमा विपन्न, गरिव असाहय दलित परिवारका विधार्थीहरुलई विधालय झोलाहरु वितरण गरिएको छ । स्मल स्मार्ट नेपाल नामक सामाजिक संस्थाले विपन्न, गरिव दलित असाहय १६ जना बिधार्थीहरुलाई विधालय झोला वितरण गरेको हो ।

अहिले विधार्थीहरु लाई विधालय झोला मात्रै वितरण गरेको आगामी दिनहरुमा बिधार्थीहरुको सिप मुलक कार्य,मानसिक स्थितीलाई सकारात्मक पक्षा तर्फ आर्कषित गर्ने, बोल्न नसक्ने भाई बहिनीहरुको क्षमता अभिवृद्धि गर्ने जस्ता खालका विभन्नि क्रियाकलापहरुको आयोजना गरिने संस्था सिईयो जनकराज भटटले जानकारी दिए । अमेरिकामा रहेको ईन्टरसैक्सन नामक संस्था र आफना साथीहरुको केही आर्थिक सहयोगमा आफनो समुदायमा रहेका विपन्न, गरिव दलित असाहय वालवालिकाहरुलाई उनिहरुको समस्यामा केही राहत दिनको लागि आज मंगलवार झोला वितरण गरिएको उनले बताए ।

विगतको दिनमा पनि आफनो संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको र अब आउने दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा खटिएर दिन दुखी र विपन्न, गरिव दलित असाहयको लागी कार्यमा अग्रसर भएर काम गर्ने सिईयो भटले बताए ।

ताजा समाचार

spot_img