काग्रेंसका नेता तथा पूर्वमन्त्री रमेश लेखक दोधारा चाँदनी आउदै


दोधारा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक दोधारा चाँदनीमा आउने भएका छन् । काठमाण्डौबाट गृह जिल्ला फर्केका नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भोली हुने एक कार्यक्रममा सहभागी हुने भएका छन् । नेता तथा पुर्व मन्त्री लेखक संगै नेपाली काग्रेंसका केन्द्रिय सदस्य यज्ञराज जोशी लगाएत जिल्लाका नेताहरु आउने कार्यक्रम रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्य समितिका सचिव महेन्द्र बिष्टले जानकारी दिएका छन् । नेता लेखकले दोधारा चाँदनीमा कार्यकर्ता भेट, स्थानिय तहमा नेपाली काग्रेंसबाट बिजय भएका जनप्रतिनिधीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्य समितिका सचिव महेन्द्र बिष्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ कवर्ड हलमा बिहान १० बजे भेटघाट र सम्मान कार्यक्रम तय गरिएको नगर सचिव बिष्टले बताएका छन् । ‘भोली सावन १० गते बिहान १० बजे दोधारा चाँदनी–२ चाँदनी कवर्ड हलमा नेपाली काग्रेंसका आदरणीय केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकज्युको प्रमुख आतिथ्यमा कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न हुने हुदा सबै नेता गण, निवर्तमान तथा हालका जनप्रतिनिधी, पार्टी तर्फबाट सबै तहका उम्मेदवार, वडा, नगर, प्रदेश, क्षेत्रीय तथा जिल्ला समिती, महाधिबेशन प्रतिनिधी, पुर्व पार्टीका पदाधिकारी, भातृ एवम् शुभेच्छुक संघका पदाधिकारी साथीहरु उपस्थिती हुन अनुरोध गरिन्छ्’ नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिको आधिकारिक फेसबुक पेजमा भनिएको छ् ।

 


ताजा समाचार

spot_img