सिमा समस्या सामाधनकाे माग राख्दै पुर्व मन्त्री लेखककाे नेतृत्वमा परराष्ट्र मन्त्री खडकालाई ज्ञापन

 यथसिघ्र कार्य अघि बढाउन मन्त्रीकाे निर्देशन

यथसिघ्र कार्य अघि बढाउन मन्त्रीकाे निर्देशन

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्र लगायत विभिन्न ठाउँमा नेपाल -भारतको सिमा बिबादकाे समस्या सामाधानका लागि काँग्रेसका नेता एवं पुर्व मन्त्री रमेश लेखककाे नेतृत्वमा कञ्चनपुरका काँग्रेस नेताकाे एक टाेलिले परराष्ट्र मन्त्री डा. नारायण खड्का समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

आईतबार पुर्व मन्त्री लेखक, काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामि, हरेद्र सिंह बिष्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशि, अन्तरास्ट्रिय सिमा सराेकार मञ्चका उप-संयाेजक हरिचन्द ठकुरी लगायतकाे एक टाेलिले काठमाडौं गएर परराष्ट्र मन्त्री खड्कालाई तत्काल सिमा विवाद समस्या सामाधनका लागि ज्ञापन पत्र बुझाएकाे नेपाली काँग्रेसका नेता जनक सिंह धामिले जानकारी दिनु भयाे ।

उहाँका “अनुसार जिल्ला भरीनै बेला-बेलामा भारतिय पक्षले किसानले लगाएकाे खेति र सिमामा पर्ने लालपुर्जावाला जग्गामा समेत खनजाेद, खेतिपाति गर्नमा राेक गर्ने गरेकाले चाडै समस्या सामाधन गरिने विषयमा छलफल भएकाे बताउनु भयाे ।”

उनले भने “हामिले तत्काल एक समिति गठन गरेर सामाधानकाे पहल अघि बढाउन जाेड दियाै, यसमा मन्त्री खड्काले चाडै सामाधानकाे कार्य अघि बढाउने गरी मन्त्रालयका सह-सचिव सुदिप भट्टराईलाई निर्देशन दिएकाे बताए ।”

कञ्चनपुरमा बेला-बेलामा भारतिय पक्षले सिमा विवाद गर्दै आएकाले एक समिति गठन गरी अन्तर्राष्ट्रिय स्तरमा दुवै पक्षबाट समस्या सामाधानका लागि कार्य अघि बढाउने मन्त्री खड्काले आश्वासन दिएकाे नेपाली काँग्रेसका अर्का नेता हरेद्र सिंह विष्टले बताउनु भयाे ।

मन्त्रालयबाट तत्काल जाचबुझ समिति गठन गरी प्रतिवेदन पेश गर्न परराष्ट्र मन्त्रिले सह-सचिव भट्टराईलाई निर्देशन समेत गर्नु भएकाे नेता विष्टलेल बताए ।

यसरी कञ्चनपुरका ठाउँ-ठाउँमा भारतिय पक्षले नेपाली भुमिलाई आफ्नो दावि गर्दै आएपछि बेला-बेलामा सिमा विवाद हुने गरेका छन् । जिल्लाकाे पुनर्वास, बेलाैरी, बेलडाँडी, दाेधारा चाँदनी र ब्रह्मदेव सम्म सिमा विवाद कायमै छ ।

सिमा विवादकै क्रममा पुनर्वासकाे बसहि सिमा नाका नजिक कर्भटकाे विषयमा विवाद हुदा स्थानीय गाेविन्द गाैतम सहित बने तर सिमा विवाद अझ सम्म पनि सामाधन हुन सकेकाे छैन ।

ताजा समाचार

spot_img