किशोर तामाङ/पुनर्वास : कञ्चनपुरको पुनर्वासमा रहेको कालिका हाटबजारमा पुनर्वास नगरपालिकाका नगर उप प्रमुखको टोलीले अनुगमन गरेका छन्। जनताको चासो र गुनासो बिच बजार उपभोक्ताप्रति पटक्कै उत्तरदायी नरहेको भन्ने जनताको गुनासो बढेपछि पहिलो चरणमा हाटबजारमा छड्के अनुगमन गरेको नगर उप प्रमुख रानाले बताउनुभयो।पटक पटक जनताको गुनासो आइरहेको बेला पहिलो चरणमा सरोकारवाला निकायले चासो राख्नु पर्छ भन्दै आज आई बी आरु डि स्थित कालिका हाटबजारको छड्के अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा माछामासु, , मिठाई तथा मिठाईजन्य पदार्थ, अखाद्य सडेगलेका सागसब्जी उपभोक्तालाई बेचिरहेको, पाईएको छ । हाटबजारमा पसल लगाएर बसेका ती ब्यपारीलाई पहिलो पटकलाई भन्दै चेतावनी दिई छाडेको नगर उप प्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो। उपप्रमुख रानाले अब उप्रान्त जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु बिक्री गर्ने व्यापारिक प्रतिष्ठान र ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन ।

आज हाटबजारमा गरिएको अनुगमनमा मुख्यगरी सरसफाइलाई समेत ध्यान नदिएको पाइएको छ। अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको उपप्रमुख रानाले बताएको छ। उक्त अनुगमनमा स्थानीय बुद्धिजीवी, कालिका बजार ब्यवस्थापन समितिका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।







