धिरेन्द्र भट्ट/कंचनपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले बामपंथी गठबन्धन वा समाजवादी केन्द्र बनाउने बिसयमा केहिदिन भित्र निर्णयमा पुग्ने बताएका छन। सनिवार पत्रकारहरु सङ्गको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धन भित्रका बामपंथी दलहरूको बिचमा राम्रो समझदारी बनाई आउने निर्वाचन अघि सम्म पार्टी एकताको बिसयमा छलफल चलिरहेको बताए।

उनले बाबुराम भट्टराईरहेको जनता समाजवादी पार्टी फुटि सकेको र औपचारिकता मात्रै रहेको बताउदै दुवै पक्षसँग माओवादी केन्द्रको छलफल चलिरहेको जनाए। गठबन्धन भित्र भएका सबै बामपंथी पृष्ठभुमि भएका समुह सङ्ग आफुहरुको कुरा चलिरएको बताए। जसमा नेतृत्वकर्ता माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव र वामदेव गौतम रहेका छन। प्रचण्डले यदि सबै बामपंथीहरु बिच एकता भयो भने त्यो समाजवादी केन्द्र बन्ने स्पष्ट पारे। ‘हामिले गठबन्धन भित्रका बामपंथीहरु बिचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ।

सकियो भने चुनावी खालको एउटा विशेष मोर्चा पनि हुन सक्छ, भोलि पार्टी एकताको लागि संयोजन पनि हुनसक्छ भनेर हाम्रो छलफल चलिरहेको छ, सम्भवतः केहिदिन भित्र हामी एउटा निर्णयमा पुग्छौ।’ उनले थपे, बामपंथी एकता भयो भने त्यो वास्तवमा समाजवादी केन्द्र जस्तै हुन पुग्छ। बामपंथी एकता भन्नु समाजवादी केन्द्र भन्नू उस्ता उस्तै हो।’







