कञ्चनपुर : सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारीको लालझाडी गाउँपालिका ६ चाँन्देवमा बिहीवार बचत संकलन केन्द्रको उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष शिवराज भट्टको सभापत्विमा उद्घाटन गरिएको कार्यक्रममा वडा अध्यक्ष हर्कनारायण जोशी प्रमुख अतिथि रहनु भएको थियो । वडा अध्यक्ष जोशीले केन्द्रको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष जोशीले बचत गर्ने बानिले भाबिष्य उज्जल हुने भएको बताउनु भयो । व्यवसायी, उद्यमी, व्यक्ति सबैलाई बचत गर्ने बानीले सघाउने बताउनु भयो । रामेश्वर माविका प्रद्यानाअध्यापक रामप्रसाद जोशीले सहकारीले बचत संकलन केन्द्र खोले पछि यस क्षेत्रको आर्थिक गतिविधिमा सुधार हुने अपेक्षा गर्नु भयो । चान्देव बजार व्यवस्थापन समितिका अध्यक्ष खुसिराम डगौराले बजार क्षेत्रका व्यवसायीकको आर्थिक उन्नतीमा यस सहकारी संस्थाले महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो ।

सहकारीले व्यवसायीको आर्थिक उन्न्तीमा टेवा पुरयाउनका लागि लगानी गर्नु पर्ने उहाँको धारणा रहेको थियो । सहकारीका अध्यक्ष शिवराज भट्टले जिल्लाका नौ वटै स्थानिय तहमा सहकारीको उपस्थीति रहेको चर्चा गर्नु हुदै उहाँले आर्थिक रुपमा विपन्न रहेका व्यक्तिहरुको जीवनस्तर उकास्नमा मद्दत पुरयाउने उद्देश्य राखेको बताउनु भयो ।
सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले सहकारीको आर्थिक गतिविधि र विकासक्रमका बारेमा कार्यक्रमा जानकारी गराउनु भएको थियो । सहकारीका बारेमा जानकारी गराउनु हुदै उहाँले सहकारीमा हाल सम्म १६ हजार १०७ जना आवद्ध रहेको बताउनु भयो । २५ जना झलारीका जागरुक युवाहरुको सहभागीतामा रु एक लाख ३२ हजार सेयरपूजिँ सहकारी संस्था सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले सहकारीको सेयरपूजिँ रु चार करोड १२ लाख पुगेको बताउनु भयो ।
सहकारीमा रु ४२ करोड बचत, कुल कर्जा लगानी रु ७५ करोड र कृषि क्षेत्रमा मात्रै कर्जा लगानी रु २५ करोड रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार सहकारीको गत आवको नाफा रु दुई करोड रहेको छ ।

सहकारीबाट ऋण लिई छ हजार जनाले विभिन्न किसिमको व्यवसाय, कारोवार गर्दै आएका छन । सहकारीमा हाल सम्म सेवा केन्द्र १० वटा, कर्मचारी ५८ जना कार्यरत रहेका छन । सहकारीले रेमिटान्स,जीवन विमा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसान परियोजना संग सहकार्य गरी सहकारीले चार हजार जना सम्म कार्यक्रम पुरयाएको छ । सहकारीका सिद्धान्तमा आधारित रहेर सहकारीले वित्तिय सेवा समेत उपलव्ध गराउदै आएको छ । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य पुष्पराज भट्टले गरेका थिए । कार्यक्रममा सहकारीका केन्द्रिय कार्यालयका प्रमुख मदनराज भट्ट, प्रवन्धक भुवनेश्वरी भट्ट कोषाध्यक्ष मानिका भण्डारी भट्ट, सहकारीका सदस्य चेतराज भट्ट, सहकारीका शाखा कार्यालयका प्रमुखहरु, कर्मचारी, स्थानिय व्यवसायी, व्यापारी, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।







